अनेसास उत्कृष्ट पुस्तक पुरस्कारहरू घोषणा ।

सिकागो अमेरिका , लक्ष्मन न्यौपाने । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा वितरण गर्दै आएको बिभिन्न विधाका सर्वोत्कृष्ट ८ वटा पुस्तक पुरस्कारहरू २०१९ बाट पुरस्कृत पुस्तक र तिनका लेखकहरूको नाम घोषणा गरेको छ | समाजको पुरस्कार समितिले सन् २०१७ को जनवरी १ देखि २०१८ डिसेम्बर ३१ सम्मको दुई वर्षका अवधिमा प्रकाशित भएका १३६ वटा पुस्तकहरूमध्येबाट समितिमा प्राप्त भएका पुस्तकहरूलाई ती पुरस्कारहरू प्रदान गरेको हो ।

समितिमा पुरस्कारका लागि नेपाल र अमेरिकाबाट १३६ वटा पुस्तक दर्ता भएका थिए । समाजको सर्वोत्कृष्ट पुस्तक पुरस्कारको रकम बिगत बर्षहरूमा १५ सय अमेरिकी डलर रहेकोमा यो बर्षदेखि भने बढाएर २ हजार अमेरिकी डलर पुर्याएको पनि पुरस्कार समितिले जनाएको छ ।

पुरस्कृत पुस्तक,लेखक र पुरस्कार रकम यसप्रकार छ-

१) अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारः रोबोटका आँखाहरू / कथासङ्ग्रह –कथाकार नरेन्द्रराज पौडेल,पुरस्कार रकम- २ हजार अमेरिकी डलर

२) अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कारः छाप्रो नं. ५५ / उपन्यास –उपन्यासकार रमेश दियाली, पुरस्कार रकम- ११०० अमेरिकी डलर

३) अनेसास सर्वोत्कृष्ट कविता-काव्य पुरस्कारः मेरो मान्छे / कवितासङ्ग्रह – कवयित्री कुन्ता शर्मा, पुरस्कार रकम- १ हजार अमेरिकी डलर

४) अनेसास सर्वोत्कृष्ट कथा पुरस्कारः पृथक बाटो / लघुकथासङ्ग्रह– कथाकार युवराज मैनाली, पुरस्कार रकम- १ हजार अमेरिकी डलर

५) अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कारः पाठशाला / उपन्यास – उपन्यासकार तीर्थ गुरुङ,पुरस्कार रकम- १ हजार अमेरिकी डलर

६) अनेसास सर्वोत्कृष्ट निबन्ध,नियात्रा,संस्मरण पुरस्कारः यात्राको छहारीमा हिउँफूलकी रानी / संस्मरण निबन्ध – निबन्धकार घनश्याम राजकर्णिकार, पुरस्कार रकम- १ हजार अमेरिकी डलर

७) अनेसास सर्वोत्कृष्ट गीत-गजल-हाइकू-मुक्तक पुरस्कार: आँगन / गजलसङ्ग्रह – गजलकार नमिता बराल, पुरस्कार रकम- ५ सय अमेरिकी डलर

८) अनेसास सर्वोत्कृष्ट संस्कृति-दर्शन-समालोचना पुरस्कारः मस्टो संस्कृति /संस्कृति-अनुसन्धान – लेखक तेजबहादुर कार्की, पुरस्कार रकम- ५ सय अमेरिकी डलर

समाजको पुरस्कार छनौट समितिकाअनुसार ५ सय अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट बालसाहित्य पुरस्कारका लागि यसपटक चारवटा पुस्तक प्राप्त भएकामा कुनै पनि पुस्तकलाई पुरस्कार प्रदान गर्नका लागि पुस्तकहरूको स्तरियता नभएको भनी मूल्याङ्कन समितिको सिफारिश आएकाले यस वर्ष यस विधामा दिइने पुरस्कार स्थगित गरिएको छ । त्यस्तै समितिलाई प्राप्त अन्य विभिन्न १४ वटा पुस्तकहरू पनि मूल्याङ्कनको मापदण्डमा परेका थिएनन् ।

समाजले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा जुलाईमा सर्वोत्कृष्ट पुस्तकहरूको नतिजा प्रकाशन गर्ने र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा वासिङटन डी सी मा उत्कृष्ट पुस्तकका स्रष्टाहरूलाई पुरस्कृत गर्ने विगतदेखिको परम्परा यस वर्ष पनि कायम गरिएको कुरा पुरस्कार समितिका अध्यक्ष प्रा. गोपी उप्रेतीले गत जुलाई २१ मा सार्वजनिक गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा पुरस्कार छनौटका लागि समाजले नेपाली भाषासाहित्य र समालोचनाका क्षेत्रमा विज्ञता हासिल गरेका छ जना विद्वानहरूबाट प्राप्त मूल्याङ्कनको अङ्कलाई आधार बनाएको उल्लेख गरिएको भएता पनि सम्बन्धित विज्ञहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago