सांसदकाे राज्य व्यवस्था समितिको बैठक स्थगित गर्न माग

काठमाडाै‌ । साउन ८ गते सम्मका लागि संसद स्थगित भएपछि कांग्रेस सांसदहरुले संसदीय समितिको बैठक समेत स्थगित गर्न माग गरेका छन् । सांसदहरुलाई बाढी पीडितको सहयोग गर्न जिल्ला जानुपर्ने भएपछि संसद स्थगित भएपछि सांसदहरुले समिति पनि स्थगित गर्न माग गरेका हुन् ।

आज बसेको राज्य व्यवस्था समितिको बैठकमा कांग्रेस सांसदहरुले एक साताका लागि बैठक स्थगित गर्न माग गरेका छन् । बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति शशि श्रेष्ठसँग माग गरेका थिए । पीडितलाई साथ दिन आ– आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने सांसदहरुको तर्क छ ।

जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ पनि समितिकी सभापति श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।यता, सत्तारुढ नेकपाका सांसदहरुले भने कानून निर्माणको काममा ढिलाई हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago