गोपनियताका विषयमा पार्टी भित्र छलफल जरुरी छैन :- मन्त्रि गिरि

नारायणप्रसाद कोइराला, भैरहवा, चैत्र २ । कतिपय निर्णयहरु अति गोप्य हुने हुँदा शिर्ष नेतृत्वतहमा सम्वाद भए पनि पार्टि भित्र छलफलको कुनै जरुरी नरहेको प्रदेश नं. ५ का उद्योग बन तथा पर्यटन मन्त्रि लिला गिरिले एक कार्यक्रममा बताएका छन् । 

आफ्नो प्रकाशनको ५औं वर्ष प्रवेशको अवसर पारेर भैरहवाबाट प्रकाशित हुने एकमात्र दैनिक पत्रिका गौतमबुद्ध सन्देशले आयोजना गरेको समृद्धिका लागी आर्थिक र सामाजीक विकाशमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेको मन्त्रि गिरीले भैरहवाको आफ्नै छुटै महत्व रहेको र यो भविष्यमा नेपालको आर्थिक राजधानीका रुपमा विकशित हुने कुरा समेत जानकारी गराएका छन् । विभिन्न कानुन निर्माणमा ढिलाई भएका कारणले परिणाममुखी कार्य गर्न नसकिए पनि आफ्नो कमि कमजोरीलाई हटाई जिम्मेवार भएर स्थानिय निकायले कार्यगर्न पर्ने बताए । समाज जिर्माणमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारका संगै समाजिक संघ संस्था, क्लवहरु, एन.जि.व.हरु पनि सक्रिय भूमिकाका साथ लाग्नु पर्ने हुन्छ भन्दै अधिकारका बारेमा भ्रम छर्न नहुने कुरा समेत स्पष्ट पारेका छन् । एक फरक प्रशंगको उल्लेख गर्दै सिके राउत वार्ताको माध्यवबाट मुलधारको राजनितिमा आउनु राम्रो भएको भन्दै विप्लप माओवादीलाई पनि वर्ताको ढोका खुला रहेको ले वार्ताबाट समस्या समाधान गर्न समेत सुझाए । हत्य हिंसा र राष्ट्रिय सम्पत्तिको नष्ट गर्न कसैलाई पनि छुट नरहेको स्पष्ट परेका छन् । गोविन्द केसि, अत्तियारका आयुक्त लगाएत कतिपय विषयहरुमा मिडियाले सहि समाचार संम्प्रेशण नगरेकोमा गिरीले दुःख समेत व्यक्त गरेको थिए । सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जनताका प्रतिनिधिको रुपमा निर्वाचित जनप्रतिनिधिहरुले जनता संग झुकेर सम्मान गरेर कार्य गर्न पर्ने र पुँजिवादी यूगबाट देशलाई समाजवात तर्फ उन्मुख गर्नको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने बताए । जिल्लाको सरसफाईको अवस्था राम्रो नभएकोले त्यस तर्फ समेत ध्यान दिन स्थानिय सरकारलाई सुझाव दिएका छन् । यस्तै कार्यक्रममा सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, रोहिणी गा.पा.का अध्यक्ष सनोज यादव, ओमसतिया गा.पा.का अध्यक्ष हिरा केवट लगाएतले कर्मचारी अभाव, कानुनको अभाव र प्रयाप्त बजेट नहुँदा खुलेर जनताको कार्यगर्न नसकेको बताए । विभिन्न प्रयासका बावजुद् केहि राम्रा कार्यहरु भए पनि मिडियामा नआएको समेत दुखेसो व्यक्ति गरे । सो अवसरमा बोल्न अधिकांश वक्क्तहरुले सब्य र शिक्षित नागरीक नै समृद्ध देशका प्रतिनिधि भएकाले शिक्षाको क्षेत्र र समाजिक क्षेत्रमा उत्तरदायित्वका साथ लाग्नु पर्ने सुझाव दिएका थिए ।

२०७१ साल फाल्गुन ११ गते साप्ताहिक रुपमा आफ्नो प्रकाशन शुरुगरेको पत्रिकाले यस क्षेत्रका स्थानिय सरकारका प्रमुख, जिल्लाका विभिन्न निकायका प्रमुख, स्थानिय बुद्धिजिवि, शिक्षाविद् लगाएलाई उपस्थित गराई गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रिको अध्यक्षता र प्रत्रिकाका प्रबन्ध निर्देशक माधव न्यौपानेको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago