गोपनियताका विषयमा पार्टी भित्र छलफल जरुरी छैन :- मन्त्रि गिरि

नारायणप्रसाद कोइराला, भैरहवा, चैत्र २ । कतिपय निर्णयहरु अति गोप्य हुने हुँदा शिर्ष नेतृत्वतहमा सम्वाद भए पनि पार्टि भित्र छलफलको कुनै जरुरी नरहेको प्रदेश नं. ५ का उद्योग बन तथा पर्यटन मन्त्रि लिला गिरिले एक कार्यक्रममा बताएका छन् । 

आफ्नो प्रकाशनको ५औं वर्ष प्रवेशको अवसर पारेर भैरहवाबाट प्रकाशित हुने एकमात्र दैनिक पत्रिका गौतमबुद्ध सन्देशले आयोजना गरेको समृद्धिका लागी आर्थिक र सामाजीक विकाशमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेको मन्त्रि गिरीले भैरहवाको आफ्नै छुटै महत्व रहेको र यो भविष्यमा नेपालको आर्थिक राजधानीका रुपमा विकशित हुने कुरा समेत जानकारी गराएका छन् । विभिन्न कानुन निर्माणमा ढिलाई भएका कारणले परिणाममुखी कार्य गर्न नसकिए पनि आफ्नो कमि कमजोरीलाई हटाई जिम्मेवार भएर स्थानिय निकायले कार्यगर्न पर्ने बताए । समाज जिर्माणमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारका संगै समाजिक संघ संस्था, क्लवहरु, एन.जि.व.हरु पनि सक्रिय भूमिकाका साथ लाग्नु पर्ने हुन्छ भन्दै अधिकारका बारेमा भ्रम छर्न नहुने कुरा समेत स्पष्ट पारेका छन् । एक फरक प्रशंगको उल्लेख गर्दै सिके राउत वार्ताको माध्यवबाट मुलधारको राजनितिमा आउनु राम्रो भएको भन्दै विप्लप माओवादीलाई पनि वर्ताको ढोका खुला रहेको ले वार्ताबाट समस्या समाधान गर्न समेत सुझाए । हत्य हिंसा र राष्ट्रिय सम्पत्तिको नष्ट गर्न कसैलाई पनि छुट नरहेको स्पष्ट परेका छन् । गोविन्द केसि, अत्तियारका आयुक्त लगाएत कतिपय विषयहरुमा मिडियाले सहि समाचार संम्प्रेशण नगरेकोमा गिरीले दुःख समेत व्यक्त गरेको थिए । सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जनताका प्रतिनिधिको रुपमा निर्वाचित जनप्रतिनिधिहरुले जनता संग झुकेर सम्मान गरेर कार्य गर्न पर्ने र पुँजिवादी यूगबाट देशलाई समाजवात तर्फ उन्मुख गर्नको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने बताए । जिल्लाको सरसफाईको अवस्था राम्रो नभएकोले त्यस तर्फ समेत ध्यान दिन स्थानिय सरकारलाई सुझाव दिएका छन् । यस्तै कार्यक्रममा सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, रोहिणी गा.पा.का अध्यक्ष सनोज यादव, ओमसतिया गा.पा.का अध्यक्ष हिरा केवट लगाएतले कर्मचारी अभाव, कानुनको अभाव र प्रयाप्त बजेट नहुँदा खुलेर जनताको कार्यगर्न नसकेको बताए । विभिन्न प्रयासका बावजुद् केहि राम्रा कार्यहरु भए पनि मिडियामा नआएको समेत दुखेसो व्यक्ति गरे । सो अवसरमा बोल्न अधिकांश वक्क्तहरुले सब्य र शिक्षित नागरीक नै समृद्ध देशका प्रतिनिधि भएकाले शिक्षाको क्षेत्र र समाजिक क्षेत्रमा उत्तरदायित्वका साथ लाग्नु पर्ने सुझाव दिएका थिए ।

२०७१ साल फाल्गुन ११ गते साप्ताहिक रुपमा आफ्नो प्रकाशन शुरुगरेको पत्रिकाले यस क्षेत्रका स्थानिय सरकारका प्रमुख, जिल्लाका विभिन्न निकायका प्रमुख, स्थानिय बुद्धिजिवि, शिक्षाविद् लगाएलाई उपस्थित गराई गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रिको अध्यक्षता र प्रत्रिकाका प्रबन्ध निर्देशक माधव न्यौपानेको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago