टोक्यो । जापानको मुख्य शहरहरु टोक्यो , नागोया र ओसाकामा र्धुमुस -सुन्तली फाउण्डेशन द्वारा चितवनको भरतपुरमा निर्माण कार्य शुरु भएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। चितवन समाज जापानको आयोजनमा हुने उक्त कार्यक्रममा जापानमा रहेका सबै संघ संस्थालाई समेटेर कार्यक्रम आयोजना गर्न लागिएको चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए।
यस महाअभियानमा हामीले समन्नय भूमिका र्निवाह गर्न लागेका हौंऊ , नेपालमा नमूनाको रुपमा जनस्तरवाट निर्माण हुन लागेको पहिलो अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्न जापानमा रहेका हरेक नेपाली आतुर छन् श्रेष्ठले भने । हाल जापानमा अध्ययन , व्यवशाय एवं रोजगारीको लागि एक लाखको हाराहारीमा नेपालीहरु रहेका छन्।
उक्त आर्थिक संकलन गर्ने उद्देश्यको साथ आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम जापानको ओसाकामा अप्रिल १० तारिक , नागोयामा अप्रिल १२ तारिक र टोक्योमा अप्रिल १४ तारिक आयोजना गरिएको चितवन समाजका महासचिव हरि पौडेलले बताए । सो वाहेक जापानकै सिन्जुकामा आर्थिक संकलन गर्न अप्रिल १३ तारिक र्धुमुस-सुन्तलीको उपस्थितीमा नेपालीहरुको वृहत् भेला आयोजना हुने बताइएको छ।
सांस्कृतिक कार्यक्रमको लागि र्धुमुस – सुन्तली – सुन्तली संगै लोक तथा दोहोरी कलाकार मिलन लामा संगै नेपालवाट चर्चित कलाकारहरु जापान आउने चितवन समाजका प्रवक्ता वासुदेव लामिछानेले वताए ।‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’भन्ने उद्देश्यका साथ जापानमा रहेका सबै तह र तप्काका नेपालीको यो साझा कार्यक्रम रहेको लामिछानेले बताए।
क्रिकेट रंगशाला निर्माण गर्न जापानवाट आर्थिक संकलन गर्ने अभियानमा सबै जापानवासी नेपालीहरु हातेमालो गर्न एन आर एनए आईसिसि सदस्य तथा सांस्कृतिक कार्यक्रम नागोया आयोजक समितिका संयोजक डिलाराम खरेलले आग्रह गरेका छन्।
उक्त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।
अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुनेछ। मल्टी प्रपोजको रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिंगलगायतको खेल खेल्न सकिने फाउण्डेसनले बताईएको छ।रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…