नागोयामा पहिलो पटक नेपाल फेष्टिबल हुने, सम्योजक पोखरेल

टोक्यो विश्वाश आचार्य । नेपालीहरुको बढ्दो जापान आगमन संगै जापानको टोकियो पछि नागोयामा पनि धेरै नेपालीको चहलपहल छ, नागोयामा नेपालीको प्रवेशको संख्या बढ्दो छ । यसै बीच टोकियोमा बिगत केहि बर्ष देखि निरन्तर गर्दै आइरहेको नेपाल फेष्टिबल नागोयामा यो बर्ष प्रथम पटक गर्न लागिएको छ ।  नागोयामा गत बिहिबार बसेको नेपालीहरुको भेलाले पारसमणि पोख्रेल को सयोजकमा याम खत्री उपसयोजक रहेको ६१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

यसै बिच १५ तारिख सुक्रबार भएको नागोयामा एनआरएन नागोयाले राखेको लगानी सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा एन आर एन ए आइ सी सी महा-सचिब बद्रि के सी ले नेपाल फेष्टिबलको औपचारिक घोषणा संगै ब्यानरलाइ सार्बजनिक गर्नु भएको छ ।

नागोयामा आगामी जुन महिनाको १५ शनिबार र १६ आइतबार २ दिने फेष्टिबल हुने, र यो फेष्टिबल  बिभिन्न कोण बाट पृथक गराउने योजनामा रहेको सम्योजक पोखरेल ले बताउनु भयो । उहाका अनुसार भिजिट नेपाल २०२० को संघारमा हुने यस फेष्टिबलले नेपालमा पर्यटन प्रबर्धन गर्न मद्धत पुग्नेमा बिश्वस्त रहेको र फेष्टिबलको स्थान पनि आइचि केन कै मुटु नागोयाको साकाय रहेको कारण त्यहाँ जापानीहरु को उपस्थिति अत्याधिक गराउने योजना अनुरुप काम सुरु गरिएको बताउनु भयो ।

मूल आयोजक समिति भित्र बिभिन्न बिभाग हरु बनाइएको आयोजक ले जनाएको छ जसमा आर्थिक ब्यबस्थापन सयोजकमा मोहन खत्री, प्रचारप्रसार तथा मिडियामा भवानी पन्त, स्टल ब्यबस्थापन चिरन्जीवी सिग्देल, साउण्ड ब्यबस्थापन तथा स्टेज ब्यबस्थापनमा श्याम सितल, अतिथि सत्कार डिलाराम खरेल, खादा तथा ब्याच राधा थापा, स्वयम सेवक देव घिमिरे, फोहोर ब्यबस्थापन जयराम पौडेल, जातीय झाकी तथा साकृतिक सुमन लिम्बु, पाउना ब्यबस्थापन दिपक घिमिरे, आमास्मिक सेवा अर्जुन के सी ,खाना ब्यबस्थापन केशर गिरि, संघ सस्था समन्वय डा. सुदिप अधिकारि सयोजक रहनु भएको छ ।

मूल आयोजक समितिमा दिपक कार्की, मोहन खत्री, भवानी पन्त, जय राम पौडेल, डा.सुदिप अधिकारि, राजकुमार अधिकारि, डिलाराम खरेल, केशर गिरि, दिपक घिमिरे, राम प्रसाद खरेल, बाबुराम खरेल, सुमन लिम्बु, दिलिप राना मगर, श्याम सितल, सिता कोइराला, बिष्णु प्र.घिमिरे, चिरन्जीवी सिग्देल, बिजय खनाल, बिन्दु शर्मा, सरोज कंडेल, बिमल अधिकारि, गोबिन्द प्र. श्रेष्ठ, राजेन्द्र श्रेष्ठ,रमेश गौतम, शंकर गिरि,युवराज गौतम, बिकाश राना, प्रमिला सिग्देल,देब घिमिरे, काजि शेर्पा, शिबि गुरुङ संजय तामांग, हिरा गुरुङ, सुशिला भट्टराइ,दिपक के सी , घन ब. खत्री, नर ब. थापा, रामु थापा, प्रविन लिम्बु, बिधान राइ, रेपेश चोचांगी, सुर्य तामांग गङ्गा घर्ति मगर, कृष्ण प्र.भट्टराइ, सुरज मल्ल, बिनोद कु. सापकोटा, निशान राना, संदेश पोख्रेल, कबिकिरण न्युपाने, मनोज बम मल्ल, बिकाश आले मगर , उज्जल गुरागाई,लक्ष्मण घिमिरे, बिजय कु. जिसी, धुर्ब सुबेदी, सुदिप घिमिरे, चौमन देवान, रन्जना अधिकारि, बिनु श्री थापा, गोबिन्द भुसाल, असोक अधिकारि, शेर ब. के सी, कुशल धिताल रहनु भएको छ ।

यो फेष्टिबल नागोयामा प्रथम पटक भएको ले नागोयामा रहेका सम्पूर्ण नेपालीहरुले बिशेष चासोका साथ हेरेका छन् । र सोहि अनुसारको उत्सुकता अनि सक्रियता देखाएका छन् । फेष्टिबलको सह-आयोजकमा नागोयामा सक्रिय सम्पूर्ण संघ सस्था रहने ब्यबस्था गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago