नागोयामा पहिलो पटक नेपाल फेष्टिबल हुने, सम्योजक पोखरेल

टोक्यो विश्वाश आचार्य । नेपालीहरुको बढ्दो जापान आगमन संगै जापानको टोकियो पछि नागोयामा पनि धेरै नेपालीको चहलपहल छ, नागोयामा नेपालीको प्रवेशको संख्या बढ्दो छ । यसै बीच टोकियोमा बिगत केहि बर्ष देखि निरन्तर गर्दै आइरहेको नेपाल फेष्टिबल नागोयामा यो बर्ष प्रथम पटक गर्न लागिएको छ ।  नागोयामा गत बिहिबार बसेको नेपालीहरुको भेलाले पारसमणि पोख्रेल को सयोजकमा याम खत्री उपसयोजक रहेको ६१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

यसै बिच १५ तारिख सुक्रबार भएको नागोयामा एनआरएन नागोयाले राखेको लगानी सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा एन आर एन ए आइ सी सी महा-सचिब बद्रि के सी ले नेपाल फेष्टिबलको औपचारिक घोषणा संगै ब्यानरलाइ सार्बजनिक गर्नु भएको छ ।

नागोयामा आगामी जुन महिनाको १५ शनिबार र १६ आइतबार २ दिने फेष्टिबल हुने, र यो फेष्टिबल  बिभिन्न कोण बाट पृथक गराउने योजनामा रहेको सम्योजक पोखरेल ले बताउनु भयो । उहाका अनुसार भिजिट नेपाल २०२० को संघारमा हुने यस फेष्टिबलले नेपालमा पर्यटन प्रबर्धन गर्न मद्धत पुग्नेमा बिश्वस्त रहेको र फेष्टिबलको स्थान पनि आइचि केन कै मुटु नागोयाको साकाय रहेको कारण त्यहाँ जापानीहरु को उपस्थिति अत्याधिक गराउने योजना अनुरुप काम सुरु गरिएको बताउनु भयो ।

मूल आयोजक समिति भित्र बिभिन्न बिभाग हरु बनाइएको आयोजक ले जनाएको छ जसमा आर्थिक ब्यबस्थापन सयोजकमा मोहन खत्री, प्रचारप्रसार तथा मिडियामा भवानी पन्त, स्टल ब्यबस्थापन चिरन्जीवी सिग्देल, साउण्ड ब्यबस्थापन तथा स्टेज ब्यबस्थापनमा श्याम सितल, अतिथि सत्कार डिलाराम खरेल, खादा तथा ब्याच राधा थापा, स्वयम सेवक देव घिमिरे, फोहोर ब्यबस्थापन जयराम पौडेल, जातीय झाकी तथा साकृतिक सुमन लिम्बु, पाउना ब्यबस्थापन दिपक घिमिरे, आमास्मिक सेवा अर्जुन के सी ,खाना ब्यबस्थापन केशर गिरि, संघ सस्था समन्वय डा. सुदिप अधिकारि सयोजक रहनु भएको छ ।

मूल आयोजक समितिमा दिपक कार्की, मोहन खत्री, भवानी पन्त, जय राम पौडेल, डा.सुदिप अधिकारि, राजकुमार अधिकारि, डिलाराम खरेल, केशर गिरि, दिपक घिमिरे, राम प्रसाद खरेल, बाबुराम खरेल, सुमन लिम्बु, दिलिप राना मगर, श्याम सितल, सिता कोइराला, बिष्णु प्र.घिमिरे, चिरन्जीवी सिग्देल, बिजय खनाल, बिन्दु शर्मा, सरोज कंडेल, बिमल अधिकारि, गोबिन्द प्र. श्रेष्ठ, राजेन्द्र श्रेष्ठ,रमेश गौतम, शंकर गिरि,युवराज गौतम, बिकाश राना, प्रमिला सिग्देल,देब घिमिरे, काजि शेर्पा, शिबि गुरुङ संजय तामांग, हिरा गुरुङ, सुशिला भट्टराइ,दिपक के सी , घन ब. खत्री, नर ब. थापा, रामु थापा, प्रविन लिम्बु, बिधान राइ, रेपेश चोचांगी, सुर्य तामांग गङ्गा घर्ति मगर, कृष्ण प्र.भट्टराइ, सुरज मल्ल, बिनोद कु. सापकोटा, निशान राना, संदेश पोख्रेल, कबिकिरण न्युपाने, मनोज बम मल्ल, बिकाश आले मगर , उज्जल गुरागाई,लक्ष्मण घिमिरे, बिजय कु. जिसी, धुर्ब सुबेदी, सुदिप घिमिरे, चौमन देवान, रन्जना अधिकारि, बिनु श्री थापा, गोबिन्द भुसाल, असोक अधिकारि, शेर ब. के सी, कुशल धिताल रहनु भएको छ ।

यो फेष्टिबल नागोयामा प्रथम पटक भएको ले नागोयामा रहेका सम्पूर्ण नेपालीहरुले बिशेष चासोका साथ हेरेका छन् । र सोहि अनुसारको उत्सुकता अनि सक्रियता देखाएका छन् । फेष्टिबलको सह-आयोजकमा नागोयामा सक्रिय सम्पूर्ण संघ सस्था रहने ब्यबस्था गरिएको छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago