सनराइजजेएन, ४ फागुन काठमाडौ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको वार्षिक साधारणसभामा यातायात ब्यवसायी महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्ने सरकारको पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले बताएका छन ।
काठमाडौमा आयोजना गरिएको महासङ्घको वार्षिक साधारणसभामा बोल्दै यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाएको व्यवसायीलाई दुःख दिने सरकारको मिति नभएको जनाएका छन । यातायात क्षेत्रमा भएको लगानी नडुबोस् भन्ने सरकारको चाहाना रहेको भन्दै यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । यातायात क्षेत्रका विज्ञ व्यक्तिले दिएका सुझावका आधारमा यातायात निर्देशिका संशोधन गर्दै अगाडि बढ्ने स्पष्ट पारे ।
यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्न सरकार लागेको पनि साधारणसभामा मन्त्रीले जानकारी दिए । कार्यक्रममा बिल्ने अधिकाङ्स बक्ताहरुले यातायात क्षेत्रभित्रको समस्याका लागि व्यवसायी आफै जागरुक भै मुलुक निर्माण र सामाजिक सेवामा तत्पर हुँदै यातायात व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको हुँदा यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नहुने जानाएका छन ।
सरकार गठन पछि पहिलो प्राहार यातायत संघ समितीले सिण्डिकेट लगाएको भन्दै यातायात संघ समिती खारेजीको निर्णय सरकारले गरेको थियो । त्यसपछि निर्णय सच्याउन ब्यवसायी आन्दोलित भए । जसको कारण अहिले सम्म समितिहरु नवीकरण भएका छैनन भने बैंक खाता समेत सरकारले रोक्का गरेको छ । यसै सन्दर्भलाइ जोड्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले यातायात व्यवसायीसँग छलफल नगरी निर्देशिका जारी गरेको भन्दै यसलाई सच्याउन सरकारसँग आग्रह गरे ।
महासङ्घका महासचिव सरोज सिटौलाले साधारणसभाले मुलुकको समग्र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गरी यातायात क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिएर ब्यवसायी को लगानी सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने जनाए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…