जापानको राजधानी टोकियोमा मन्त्री र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक संग बृहत् अन्तरक्रिया हुने भएको छ ।

टोकियो । नेपाल सरकारका ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा बृहत् अन्तरक्रिया हुने भएको हो । 

मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियान्ता तथा प्राधिकरणका निर्देशक घिसिङसंग जापानबासी नेपालीहरूबीच भेटघाट तथा अन्तक्रिया कार्यक्रम यहि आउँदो सेप्टेम्वर २४ तारिख मंगलवार साँझ ६ बजे नेरिमा कल्चर सेन्टरको सभा हलमा हुने जनाएको छ । 

जाईकाको औपचारिक कार्यक्रममा जापान आउन लाग्नु भएका मन्त्री  पुन र निर्देशक घिसिङ सेप्टेम्वर २४ को १२ वजे ओसाका विमानस्थल हुँदै ५ जनाको टोली टोकियो आउने कार्यक्रम रहेको कार्यदल सदस्य बावुराम पौडेलले जानकारी दिनुभयो । 

सम्बोधन,प्रत्यक्ष अन्तर्क्रिया र मोटिभेसन कार्यक्रममा उपस्थित भै नयाँ नेपालको निति तथा योजना सम्बन्धी जानकारी लिन सम्पूर्ण जापानबासी नेपाली समुदायमा कार्यदल सदस्य बावुराम भण्डारीले अनुरोध गर्नु भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली एकता मञ्चले नि शुल्क प्रवेश हुने गरि ब्यवस्था गरेको कार्यक्रम संयोजक मोहन पौडेल बताउनुभयो । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago