जापानको राजधानी टोकियोमा मन्त्री र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक संग बृहत् अन्तरक्रिया हुने भएको छ ।

टोकियो । नेपाल सरकारका ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा बृहत् अन्तरक्रिया हुने भएको हो । 

मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियान्ता तथा प्राधिकरणका निर्देशक घिसिङसंग जापानबासी नेपालीहरूबीच भेटघाट तथा अन्तक्रिया कार्यक्रम यहि आउँदो सेप्टेम्वर २४ तारिख मंगलवार साँझ ६ बजे नेरिमा कल्चर सेन्टरको सभा हलमा हुने जनाएको छ । 

जाईकाको औपचारिक कार्यक्रममा जापान आउन लाग्नु भएका मन्त्री  पुन र निर्देशक घिसिङ सेप्टेम्वर २४ को १२ वजे ओसाका विमानस्थल हुँदै ५ जनाको टोली टोकियो आउने कार्यक्रम रहेको कार्यदल सदस्य बावुराम पौडेलले जानकारी दिनुभयो । 

सम्बोधन,प्रत्यक्ष अन्तर्क्रिया र मोटिभेसन कार्यक्रममा उपस्थित भै नयाँ नेपालको निति तथा योजना सम्बन्धी जानकारी लिन सम्पूर्ण जापानबासी नेपाली समुदायमा कार्यदल सदस्य बावुराम भण्डारीले अनुरोध गर्नु भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली एकता मञ्चले नि शुल्क प्रवेश हुने गरि ब्यवस्था गरेको कार्यक्रम संयोजक मोहन पौडेल बताउनुभयो । 

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago