जेएमईको एक महिनासम्म नि-शुल्क सेवा , शिन-ओकुबोमा दोश्रो शाखा विस्तार ।

जापान । रेमिट्यॉन्स कम्पनी जापान मनि एक्सप्रेसले टोकियोको शिन-ओकुबोमा दोश्रो शाखा विस्तार गरेको छ ।आज सोमवार एक कार्यक्रमबीच शाखाको औपचारिक समुद्दघाटन सम्पन्न भएको हो ।

‘हामि बाटै पठाऔं हामि बाटै पाऔ’भन्ने नाराका साथ बिशुद्ध नेपालीको लगानीमा संचालित जापान सरकारको सम्बन्धित निकायमा बिधिबत रुपले दर्ता भइ नेपालीहरुकै  पहिलो रेमिट कम्पनि बन्न सफल यस जापान मनि एक्सप्रेस कम्पनि लिमिटेडले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण सेवा उपलब्ध गराउदै आइरहेको कम्पनीका अध्यक्ष ओम गुरुङ्ले बताउनु भयो । जेएमईले जापानका विभिन्न शहरहरुमा सेवा सुबिधा विस्तार गर्नेक्रममा नेपाली लगायत विदेशीहरुको जनघनत्व भएको जापानको टोक्योस्थित शिनओकुबोमा दोश्रो शाखा आज जुलाई १५ बाट संचालनमा ल्याएको छ ।

सो समुद्दघाटन कार्यक्रममा एनआरएनए आइसीसी प्रबक्ता भूषण घिमिरे, एशिया प्यासेफिकका संयोजक किरण थापा, एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा लगाएर जापानका पुरानो ब्यबशायी लगाएत विभिन्न संघसंस्थाको प्रमुखहरुको उपस्थितिमा रिबिन काटेर उद्घाटन गरिएको थियो ।सोहि क्रममा नया अफिसबाट बिशेष सहुलियत स्वरूप १ महिना सम्म नि-शुल्क पैसा पठाउन सकिने कम्पनीले जनाएको छ ।

उक्त रेमिट कम्पनीबाट एसियाको प्राय मुलुकहरुको आफ्नो कारोबार संचालन गरि रहेको छ र निकट भबिस्यमा अन्य देशरुमा पनि सेवा विस्तार गरीने अध्यक्ष गुरुङ्ले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago