जापान । रेमिट्यॉन्स कम्पनी जापान मनि एक्सप्रेसले टोकियोको शिन-ओकुबोमा दोश्रो शाखा विस्तार गरेको छ ।आज सोमवार एक कार्यक्रमबीच शाखाको औपचारिक समुद्दघाटन सम्पन्न भएको हो ।
‘हामि बाटै पठाऔं हामि बाटै पाऔ’भन्ने नाराका साथ बिशुद्ध नेपालीको लगानीमा संचालित जापान सरकारको सम्बन्धित निकायमा बिधिबत रुपले दर्ता भइ नेपालीहरुकै पहिलो रेमिट कम्पनि बन्न सफल यस जापान मनि एक्सप्रेस कम्पनि लिमिटेडले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण सेवा उपलब्ध गराउदै आइरहेको कम्पनीका अध्यक्ष ओम गुरुङ्ले बताउनु भयो । जेएमईले जापानका विभिन्न शहरहरुमा सेवा सुबिधा विस्तार गर्नेक्रममा नेपाली लगायत विदेशीहरुको जनघनत्व भएको जापानको टोक्योस्थित शिनओकुबोमा दोश्रो शाखा आज जुलाई १५ बाट संचालनमा ल्याएको छ ।
सो समुद्दघाटन कार्यक्रममा एनआरएनए आइसीसी प्रबक्ता भूषण घिमिरे, एशिया प्यासेफिकका संयोजक किरण थापा, एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा लगाएर जापानका पुरानो ब्यबशायी लगाएत विभिन्न संघसंस्थाको प्रमुखहरुको उपस्थितिमा रिबिन काटेर उद्घाटन गरिएको थियो ।सोहि क्रममा नया अफिसबाट बिशेष सहुलियत स्वरूप १ महिना सम्म नि-शुल्क पैसा पठाउन सकिने कम्पनीले जनाएको छ ।
उक्त रेमिट कम्पनीबाट एसियाको प्राय मुलुकहरुको आफ्नो कारोबार संचालन गरि रहेको छ र निकट भबिस्यमा अन्य देशरुमा पनि सेवा विस्तार गरीने अध्यक्ष गुरुङ्ले जानकारी दिनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…