नारायणप्रसाद कोइराला, चैत्र १, भैरहवा । सिद्धार्थनगर नगरपालीका वडा नं. ३ मा अवस्थित संस्कृत विद्याश्रमको आयोजनामा यस क्षेत्रमै पहिलो पटक नवरात्रको पुन्य अवसरमा यहि २०७५ साल चैत्र २३ गते देखि चैत्र ३० गते सम्म श्रीमद्भागवत् कोटिहोम तथा तुलादान महोत्सव २०७५ को आयोजना हुने भएको कुरा आज विद्याश्रममा बृहत भेलाको आयोजन गरि जानकारी गराईको छ ।
विश्वविख्यात पंन्डित ईश्वरकृष्ण महाराजज्यूको संकल्पमा उहाँकै प्रमुखआतिथ्यतामा भैरहवाका विभिन्न धार्मिक तथा सामाजिक संघसंस्था, धर्मअनुरागी, बृद्धिजिवि, शिक्षाप्रेमीलगाएतको उपस्थितिमा विभिन्न समिति तथा उपसमितिहरु पनि निर्माण गरिएको छ । सो अवसरमा बोल्दै महाराजले यो कोटिहोम तथा तुलादान महोत्सवको महत्वकाबारेमा सबैलाई जानकारी गराउनुका साथै यस संस्कृत विद्याश्रममा अध्ययनरत बटुक, यसको भौतिक निर्माण लगाएत समग्र पक्षको विकाशमा यो यज्ञ सफल हुने कुरा समेत बताउनु भयो । हाम्रो बैदिक धर्म र संस्कृतिको रक्षा भाषाको जननि संस्कृत शिक्षाको महत्व र यसको गरिमालाई उचो बनाउने भनेकै गुरुकुलम् भएको ले यसको रक्षा गर्नु हामी सबैको दायित्वरहेको हुन्छ भन्दै रुपन्देही तथा छिमेकका जिल्लाका भक्तजनहरुलाई समेत उक्त्त महोत्सवमा सहभागि भई पुन्य लाभ लिन अग्रह गर्नुभयो ।
महायज्ञमा संकलित रकमको एक अक्षयकोष खडा गरी नियमित विद्याश्रमको आम्दानिको स्रोत गराईने र बाँकि रकमले यसको भौतिक निर्माणमा लागानि हुने कुरा समेत जानकारी गराउनुका साथै ५० वर्ष उमेरकाटेका सम्पूर्ण व्यक्तिहरुलाई तुलादान गर्न समेत अनुरोध गरिएको थियो । यज्ञमा सञ्चालन हुने सबै कर्महरु नसक्ने र आम्दानीका स्रोत नभएका हरुको लागि निशुल्क गरिएको समेत जानकारी दिईएको थियो ।
सो अवसरमा मुल आयोजक समितिका संयोजकमा कृष्णप्रसाद भण्डारी, आर्थिक समिति संयोजकमा मंगल भण्डारी, पुजा व्यवस्थापन संयोजकमा माधवि शर्मा, प्रचारप्रसार संयोजकमा लुम्विनि प्रेश क्लवका अध्यक्ष दिपेश पछाई, टेन्ट तथा मञ्ज व्यवस्थापनमा चन्द्रमोहन पटवा र समाजका विशिष्ट व्यक्तित्वहरुलाई सल्लाहकार चयन गरिएको छ । कार्यक्रम संस्कृत विद्याश्रमका अध्यक्ष एवम् वरिष्ट समाजसेवि डि.आ.शर्माज्यूको अध्यक्षता, वरिष्ट समाजसेवि ओमकार गौचनको स्वागत, विद्याश्रमका बटुकहरुको स्वस्ती वाचत तथा विजय पाण्डेको सञ्चालनमा भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…