भैरहवामा कोटिहोम महायज्ञ हुँदै

नारायणप्रसाद कोइराला, चैत्र १, भैरहवा । सिद्धार्थनगर नगरपालीका वडा नं. ३ मा अवस्थित संस्कृत विद्याश्रमको आयोजनामा यस क्षेत्रमै पहिलो पटक नवरात्रको पुन्य अवसरमा यहि २०७५ साल चैत्र २३ गते देखि चैत्र ३० गते सम्म श्रीमद्भागवत् कोटिहोम तथा तुलादान महोत्सव २०७५ को आयोजना हुने भएको कुरा आज विद्याश्रममा बृहत भेलाको आयोजन गरि जानकारी गराईको छ । 

भैरहवामा कोटिहोम महायज्ञ हुँदै

विश्वविख्यात पंन्डित ईश्वरकृष्ण महाराजज्यूको संकल्पमा उहाँकै प्रमुखआतिथ्यतामा भैरहवाका विभिन्न धार्मिक तथा सामाजिक संघसंस्था, धर्मअनुरागी, बृद्धिजिवि, शिक्षाप्रेमीलगाएतको उपस्थितिमा विभिन्न समिति तथा उपसमितिहरु पनि निर्माण गरिएको छ । सो अवसरमा बोल्दै महाराजले यो कोटिहोम तथा तुलादान महोत्सवको महत्वकाबारेमा सबैलाई जानकारी गराउनुका साथै यस संस्कृत विद्याश्रममा अध्ययनरत बटुक, यसको भौतिक निर्माण लगाएत समग्र पक्षको विकाशमा यो यज्ञ सफल हुने कुरा समेत बताउनु भयो । हाम्रो बैदिक धर्म र संस्कृतिको रक्षा भाषाको जननि संस्कृत शिक्षाको महत्व र यसको गरिमालाई उचो बनाउने भनेकै गुरुकुलम् भएको ले यसको रक्षा गर्नु हामी सबैको दायित्वरहेको हुन्छ भन्दै रुपन्देही तथा छिमेकका जिल्लाका भक्तजनहरुलाई समेत उक्त्त महोत्सवमा सहभागि भई पुन्य लाभ लिन अग्रह गर्नुभयो । 

महायज्ञमा संकलित रकमको एक अक्षयकोष खडा गरी नियमित विद्याश्रमको आम्दानिको स्रोत गराईने र बाँकि रकमले यसको भौतिक निर्माणमा लागानि हुने कुरा समेत जानकारी गराउनुका साथै ५० वर्ष उमेरकाटेका सम्पूर्ण व्यक्तिहरुलाई तुलादान गर्न समेत अनुरोध गरिएको थियो । यज्ञमा सञ्चालन हुने सबै कर्महरु नसक्ने र आम्दानीका स्रोत नभएका हरुको लागि निशुल्क गरिएको समेत जानकारी दिईएको थियो ।

सो अवसरमा मुल आयोजक समितिका संयोजकमा कृष्णप्रसाद भण्डारी, आर्थिक समिति संयोजकमा मंगल भण्डारी, पुजा व्यवस्थापन संयोजकमा माधवि शर्मा, प्रचारप्रसार संयोजकमा लुम्विनि प्रेश क्लवका अध्यक्ष दिपेश पछाई, टेन्ट तथा मञ्ज व्यवस्थापनमा चन्द्रमोहन पटवा र समाजका विशिष्ट व्यक्तित्वहरुलाई सल्लाहकार चयन गरिएको छ । कार्यक्रम संस्कृत विद्याश्रमका अध्यक्ष एवम् वरिष्ट समाजसेवि डि.आ.शर्माज्यूको अध्यक्षता, वरिष्ट समाजसेवि ओमकार गौचनको स्वागत, विद्याश्रमका बटुकहरुको स्वस्ती वाचत तथा विजय पाण्डेको सञ्चालनमा भएको थियो ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago