अक्टोबर १४ जापान , विश्वास आचार्य । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आउँदै गरेको हिन्दू नेपालीहरुको महान् चाड तिहारको अवसर पारेर जापानमा बृहत देउसीभैलो कार्यक्रम गर्ने भएको छ |
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशनपछि बनेको पछीको नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको कलाकार अक्षय कोष स्थापनार्थ गर्ने उद्देश्यले प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थितिमा यस कार्यक्रम आयोजना गर्न लागियको कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रबक्ता केशब पौडेलले जानकारी दिए ।
प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई सहरमा आयोजना हुनेछ । अक्टोबर २७ आइतबार साझ ५ बजे देखी nana house ethnic restaurat & bar फुकुओकामा र २८ सोमबार ५ बजे देखी ajiwai tokyo restaurat टोकियोमा हुनेछ । यस कार्यक्रम मा प्रतिष्ठान जापान शाखाको कलाकारहरुको संयुक्त तथा एकल प्रस्तुति रहने आयोजक ले जनाएको छ । यस देउसी भैलो कार्यक्रम उपस्थित भैईदिनु हुन नेपाली समुदाय , सस्थाहरु , पत्रकार सबैलाई प्रतिष्ठानका प्रबक्ता केशब पौडेलले अनुरोध गरेका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…