अक्टोबर १४ जापान , विश्वास आचार्य । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आउँदै गरेको हिन्दू नेपालीहरुको महान् चाड तिहारको अवसर पारेर जापानमा बृहत देउसीभैलो कार्यक्रम गर्ने भएको छ |
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशनपछि बनेको पछीको नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको कलाकार अक्षय कोष स्थापनार्थ गर्ने उद्देश्यले प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थितिमा यस कार्यक्रम आयोजना गर्न लागियको कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रबक्ता केशब पौडेलले जानकारी दिए ।
प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई सहरमा आयोजना हुनेछ । अक्टोबर २७ आइतबार साझ ५ बजे देखी nana house ethnic restaurat & bar फुकुओकामा र २८ सोमबार ५ बजे देखी ajiwai tokyo restaurat टोकियोमा हुनेछ । यस कार्यक्रम मा प्रतिष्ठान जापान शाखाको कलाकारहरुको संयुक्त तथा एकल प्रस्तुति रहने आयोजक ले जनाएको छ । यस देउसी भैलो कार्यक्रम उपस्थित भैईदिनु हुन नेपाली समुदाय , सस्थाहरु , पत्रकार सबैलाई प्रतिष्ठानका प्रबक्ता केशब पौडेलले अनुरोध गरेका छन् ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…