पर्वत समाज जापानद्दारा मस्तिष्क पक्षघात भई उपचारत पराजुलीलाई सहयोग रक़म हस्तान्तरण ।

टोकियो । जटिल रोग मध्येको एक मानिने मस्तिष्क पक्षघातबाट पीडित पर्वत जिल्ला विहादी गाउँपालिका ३ रानिपानी निवासी गोमादेवी पराजुलीको उपचारमा सहयोग पुर्याउन  पर्वत समाज जापानले संचालन गरेको सहयोग संकलन समितिले संकलन गरेको १ लाख रुपैयॉ पीड़ित परिवारलाई पठाईएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो ।

लामो समय देखि काठमाण्डौ बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क पक्षघातको उपचार गराईरहनु भएको पराजुलीको दैनिक ३० हजार रुपैयाँ खर्च लाग्ने बताईएको छ । 

पर्वत समाज जापानले आर्थिक संकलन गर्न समाज जापानका सदस्यहरु हरि पराजुली र कृष्ण भुसालको सकृयतामा एक समिति बनाई सहयोग रक़म संकलन गरिएको महासचिव जनक सुवेदीले बताउनु भयो ।

पर्वत समाज जापानले शनिवार हस्तरण कार्यक्रमको आयोजनागरी नेपाल पठाईएको हो । आर्थिक सहयोग सकलनमा सहयोग गर्ने सबै सहयोगिहरुमा पर्वत समाज जापानले धन्यबाद ज्ञपान गर्दै समाजले उपचाररत पराजुलीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago