टोकियो । जटिल रोग मध्येको एक मानिने मस्तिष्क पक्षघातबाट पीडित पर्वत जिल्ला विहादी गाउँपालिका ३ रानिपानी निवासी गोमादेवी पराजुलीको उपचारमा सहयोग पुर्याउन पर्वत समाज जापानले संचालन गरेको सहयोग संकलन समितिले संकलन गरेको १ लाख रुपैयॉ पीड़ित परिवारलाई पठाईएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो ।
लामो समय देखि काठमाण्डौ बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क पक्षघातको उपचार गराईरहनु भएको पराजुलीको दैनिक ३० हजार रुपैयाँ खर्च लाग्ने बताईएको छ ।
पर्वत समाज जापानले आर्थिक संकलन गर्न समाज जापानका सदस्यहरु हरि पराजुली र कृष्ण भुसालको सकृयतामा एक समिति बनाई सहयोग रक़म संकलन गरिएको महासचिव जनक सुवेदीले बताउनु भयो ।
पर्वत समाज जापानले शनिवार हस्तरण कार्यक्रमको आयोजनागरी नेपाल पठाईएको हो । आर्थिक सहयोग सकलनमा सहयोग गर्ने सबै सहयोगिहरुमा पर्वत समाज जापानले धन्यबाद ज्ञपान गर्दै समाजले उपचाररत पराजुलीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…