जापानको टोक्योमा रहेका मगरहरूले मनाए माघे संक्रान्ती पर्व ।

टोक्यो जनवरी १४ । सधैको दौडधुप रहने जापानको टोकियोमा गएको १३ तारिक आईतबार मौलिक संस्कृतिको धनि जनजातिहरु मध्येको एक मगरहरुले माघे संक्रान्ती पर्व भब्यताका साथ मनाएका छन । 

मगर पोषाक सहित सजिएका जापानमा रहेका मगरहरुले माघे संक्रान्ती कार्यक्रम भव्य रूपमा मनाएका हुन । जनजाति महासघं जापानका उपध्यक्ष पेम्बा शेर्पाको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा तरुल, पिडालु, सेलरोटि लगायतका खानेकुरा खाई एकआपसमा शुभकामना आदन प्रदानगरी सम्पन्न भएको नेपाल मगर सघं जापानका अध्यक्ष नविन थापाले जानकारी दिनुभयो । 

मगर संस्कार अनुसार मगर समुदयका अबिबाहित चेलिहरूलाई नगद सहित महँ , खीर र फलफ़ूल बिभिन्न परिकार खुवाई टिका, तथा खादा लगाई कार्यकममा प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जापानका उपाध्यक्ष पेम्बा शेर्पा, नेपाल मगर सघ जापानका पुर्व अध्यक्ष ग़म जुगजाली ,थानू  राना, तमुधि जापानका अध्यक्ष अनिता गुरुङ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगाएतका अतिथिहरुले सम्मान गरेका थिए । 

कार्यक्रममा अतिथिहरुमा मातृसन्देश डटकम, सनराइजजेएन  डटकम,तामङ समाज जापान ,शेर्पा समाज जापान, थकाली सेवा समितिक जापान,हिकारी कर्पोरेशन जापान,मोना जापान,पुन क़्लव जापान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लगायतका  संस्थाहरू प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा स्वागत मंतव्य सदस्य रामहारी खपांगीले गर्नुभएको थियो भने संचालन सचिव सागर पुनले गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago