पौडेलको स्मृतीमा श्रद्दान्जली सभा सम्पन्न , नययुवा साहित्य पुरस्कारको घोषाणा

टोक्यो जनवरी १४ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टरले आफ्नो ४९ औ साहित्यिक शृंखला जनवरी १३ तारिक तारिक टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा संस्थाका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न गरेको छ ।

उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व. वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै वहाँको सम्झनामा एक मिनेट मौन धारण गरीएको थियो । 

 संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख अाथित्यता रहेको कार्यक्रममा अमेरिकाबाट पाल्नुभएको अनेसास बोर्ड अफ ट्रस्टि ( BOT ) का नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ को बिशिस्ट आतिथ्यता  रहेको थियो । साथै केन्द्रीय वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ सन्स्थापक शरदकुमार गौचन, अग्रज जिज्ञानकुमार थापा, पूर्ब अध्यक्ष द्वय बेलुक़ाज़ी थापा, आलोक चालिसे, पत्रकार महासघ जापानका अध्यक्ष मोहन घले, सल्लाहकार पुस्करजंग थापा, पत्रकार प्रेमिला गौचन, रामजङ्ग कार्की, राजकुमार पन्डित्, यमकान्त कन्डेल लगायतको आथित्यता रहेको थियो । 

प्रमुख अतिथिको आसनबाट बोल्दै डा. कुमार बस्नेतले अनेसास जापान च्याप्टरको स्थापना गर्दाको सन्दर्भ र  वेद पौडेलको उर्जाशील शक्तीबारे चर्चा गर्नु भयो । विशिस्ट अतिथीको आसनबाट राम लामा ‘अबिनाशी’ ले पौडेलको निधनले समग्र अनेसास परीवारलाई अपुरणीय क्षती पुगेको कुरा बताउनु भयो । सन्स्थापक शरदकुमार गौचन र जिज्ञानकुमार थापाले जापानमा रहेको नेपाली समुदायलाई वहाँले दिनु भएको योगदानको चर्चा गर्नुभयो । 

        स्व. पौडेलको स्‍मृतिमा ५०,००० यन राशिको  ‘वेदप्रसाद नव युवा साहित्य पुरस्कार’ को स्थापना गरिएको घोषणा संस्थापक अध्यक्ष कुमार बस्नेतले गर्नु भयो । यो पुरस्कार जापान भित्र रहेर साहित्य लेखन र सिर्जनामा योगदान पुर्याउने युवा पुस्तालाई हरेक वर्ष दिइन्छ । कार्यक्रममा सचिव रबिन शर्माको स्वागत मन्तव्य रहेको थियो भने महासचिब अरुण पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।  

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago