नोभम्बर २४ तारिख टोकियोमा पत्रकार अनुशिक्षण, डिसेम्बरमा गुन्माकेनका संघसंस्थासंग अन्तर्क्रिया

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी २४ तारिख आईतबार पत्रकारहरु लक्षित ‘पुनर्ताजगी तथा क्षमता अभिवृद्दी अनुशिक्षण’ कार्यक्रम टोकियोमा आयोजना गर्ने भएको छ । 

नेपाल पत्रकार महासंघ जापानको, आचार संहिता, नीति तथा प्रशिक्षण विभागका संयोजक चन्द्र खनालका अनुसार, जापानमा क्रियाशिल संचारकर्मीहरुको चाहना अनुरुप, विषय विज्ञहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । नेपाल टेलिभिजनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र बिष्ट  तथा अनुभव र ज्ञानले विशिष्ट पहिचान बनाउन सफल संचारकर्मी देवेन्द्र सुवेदीको प्रशिक्षण रहने कार्यक्रममा, समसामयिक पत्रकारिता, परिवर्तित् सम्भावना,चुनौती, प्रविधि तथा पत्रकारिता नीति एवं खेल पत्रकारिता र राष्ट्रीय गौरव विषयमा अनुशिक्षण गरिने छ । 

कार्यक्रममा सहभागी  हुनका लागि प्रतिव्यक्ति ३ हजार ५ सय येन शुल्कको व्यवस्था गरिएको छ । बिहान ११ बजेबाट साँझ ७ बजेसम्म संचालन हुने कार्यक्रममा, अनुशिक्षणमा सहभागीहरुलाई, प्रमाण पत्र पनि दिईने छ भने, खाना तथा नास्ताको समेत प्रबन्ध गरिनेछ । 

कार्यक्रमको खाका यसप्रकार तय गरिएको छ । ( कार्यक्रम, तालिका) :- डिसेम्बर  १५ तारिख,गुन्मा केनका नेपाली संघसंस्थाहरुसंग अन्तर्क्रिया गरिने नेपाल पत्रकार महासंघ जापानले, डिसेम्बर १५ तारिख  गुन्मा केनमा क्रियाशिल नेपाली संघ-सस्थाहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।  कार्यक्रम नेपाल पत्रकार महासंघ जापान, संघ संस्था समन्वय विभागले संयोजन गर्नेछ। गुन्मा केनको कार्यक्रमलाई, संघ संस्था समन्वय विभागका सह-संयोजक सागर देवकोटाले सहजिकरण गर्नेछन् । यसका साथै सोहि दिन गुन्मा केनमै संस्थाको नियमित बैठक पनि गरिने छ । महासंघले, आफ्नो दोश्रो बैठकबाट निर्णय गरि, संस्थाको काम कारबाहीलाई सहज बनाउन  विभिन्न  विभाग गठन गरी, समबन्धित विभागलाई जिम्मेवारी दिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago