पहिलो गुन्मा नेपाल फेस्टिवलको तयारी तिब्र, नेपाल भ्रमणबर्ष २०२० को प्रचारमा जापानी निकाय सक्रिय

गुन्मा, जापान ।जापानको गुन्माकेनमा हुन लागेको पहिलो नेपाल फेस्टिवल २०१९ गुन्मा भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ ।

नेपाल भ्रमणबर्ष २०२० को प्रचार सहित नेपालको संस्कृती, कला एवं भेषभुषालाई जापानीमाझ चिनाउने उदेश्य सहित आयोजना गरिएको फेस्टिवललाई यहाँको आईजिमि नगरपालिकाले सह आयोजकको रुपमा सघाएको छ ।

नगरपालिकाले सरकारी कार्यालयहरुमा प्रचार सामग्री राखेर प्रचार गर्नुका साथै आफ्नो आधिकारीक ट्विटर लगायत सामाजिक सञ्जालबाट समेत नेपाल फेस्टिवलको प्रचारमा सहयोग गरिरहेको छ ।

आईजिमि माचीका मेयर मुरायामा तोसिआकी स्वयं प्रमुख अतिथिको रुपमा सहभागी हुने फेस्टिवलमा ओईजिमी प्रहरी प्रमुख सहित यहाँका सांसदको समेत उपस्थिति रहने निश्चित भईसकेको फेस्टिवल आयोजक संस्था नेपाली साझा समाज गुन्माका अध्यक्ष बुद्धिशेरचनले जानकारी दिनुभयो ।

गुन्मा नेपाल फेस्टिवल २०१९ लाई सफल बनाउन आसा कल्चर एकेडेमी म्युजिक व्याण्ड जापानका कलाकारहरुको सहभागीता रहने भएको छ । 

गायक सुर्य खड्का सहित भरत सुनुवार, खड्क पुन, बिनोद गुरुगं, दिनेश पुन, सन्देश श्रेष्ठ, अजय लामा, अशोक गुरुगं, दानबहादुर पुन, कुशल न्यौपाने लगायतको टोलीले नेपाली मौलिक बाजागाजा सहितको सांगितिक प्रस्तुती फेस्टिवलमा प्रस्तुत गर्ने भएको छ ।

यसैगरि देउराली पञ्चे बाजा समुह टोकियोका साथै जापानमा रहनुभएका लोकप्रिय नेपाली कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुती र कलाकारिता प्रस्तुत गर्ने हुनुभएको आयोजकले जानकारी दिएको छ ।

रञ्जय अमात्यको संयोजकत्वमा कार्यक्रम संयोजक समितिले फेस्टिवलको तयारी व्यवस्थापनलाई तिब्रता दिईरहेको र उपसंयोजकहरु मञ्जु क्षेत्री, सञ्जय गुरुगं, शेखर डंगोल लगायतबाट फेस्टिवलको प्रचारप्रसार सहित कार्यक्रम आयोजनाको काम तिब्रगतिमा भईरहेको छ ।

आलोक श्रेष्ठले फेस्टिवल सञ्चालनको लागि आर्थिक व्यवस्थापनको काम गरिरहनुभएको छ ।जापानीहरुमाझ नेपालको पर्यटकिय गन्तव्य चिनाउँदै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्य सहित नेपालको पहिचान झल्कने कार्यक्रम, पर्यटन सम्वन्धि सूचना र नेपालको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गुन्मा फेस्टिवलको मुख्य आकर्षण हुने भएको छ ।

नेपालको चिनारी रहेको बाटुले घर, नेपाली मौलिक परम्परा झल्काउने जाँतो सहित नेपाली भेषभुषा र कलासंस्कृतीलाई फेस्टिवलमा आकर्षक रुपमा सजाएर प्रदर्शनमा राख्न लागिएको आयोजक संस्था नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले जानकारी दिनुभयो ।

आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख शनिवार र आईतबार हुन लागेको दुई दिने नेपाल फेस्टिवल गुन्मा केन ओईजुमि माची स्थित ईजुमी नो मोरिमामा हुँदैछ ।

नेपाली साझा समाज जापानको मुख्य आयोजनामा हुन लागेको नेपाल फेस्टिवल गुन्मा २०१९ मा यहाँको सरकारी निकाय ओईजुमि नगर सह आयोजक रहेको छ ।

जापानमा भएको नेपाल फेस्टिवल सफल पार्न जापानको सरकारी निकाय नै सह आयोजक बनेर नेपालको पर्यटन प्रर्वद्धन र प्रचारमा सहयोग गरेको यो नै पहिलो पटक हो ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago