पहिलो गुन्मा नेपाल फेस्टिवलको तयारी तिब्र, नेपाल भ्रमणबर्ष २०२० को प्रचारमा जापानी निकाय सक्रिय

गुन्मा, जापान ।जापानको गुन्माकेनमा हुन लागेको पहिलो नेपाल फेस्टिवल २०१९ गुन्मा भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ ।

नेपाल भ्रमणबर्ष २०२० को प्रचार सहित नेपालको संस्कृती, कला एवं भेषभुषालाई जापानीमाझ चिनाउने उदेश्य सहित आयोजना गरिएको फेस्टिवललाई यहाँको आईजिमि नगरपालिकाले सह आयोजकको रुपमा सघाएको छ ।

नगरपालिकाले सरकारी कार्यालयहरुमा प्रचार सामग्री राखेर प्रचार गर्नुका साथै आफ्नो आधिकारीक ट्विटर लगायत सामाजिक सञ्जालबाट समेत नेपाल फेस्टिवलको प्रचारमा सहयोग गरिरहेको छ ।

आईजिमि माचीका मेयर मुरायामा तोसिआकी स्वयं प्रमुख अतिथिको रुपमा सहभागी हुने फेस्टिवलमा ओईजिमी प्रहरी प्रमुख सहित यहाँका सांसदको समेत उपस्थिति रहने निश्चित भईसकेको फेस्टिवल आयोजक संस्था नेपाली साझा समाज गुन्माका अध्यक्ष बुद्धिशेरचनले जानकारी दिनुभयो ।

गुन्मा नेपाल फेस्टिवल २०१९ लाई सफल बनाउन आसा कल्चर एकेडेमी म्युजिक व्याण्ड जापानका कलाकारहरुको सहभागीता रहने भएको छ । 

गायक सुर्य खड्का सहित भरत सुनुवार, खड्क पुन, बिनोद गुरुगं, दिनेश पुन, सन्देश श्रेष्ठ, अजय लामा, अशोक गुरुगं, दानबहादुर पुन, कुशल न्यौपाने लगायतको टोलीले नेपाली मौलिक बाजागाजा सहितको सांगितिक प्रस्तुती फेस्टिवलमा प्रस्तुत गर्ने भएको छ ।

यसैगरि देउराली पञ्चे बाजा समुह टोकियोका साथै जापानमा रहनुभएका लोकप्रिय नेपाली कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुती र कलाकारिता प्रस्तुत गर्ने हुनुभएको आयोजकले जानकारी दिएको छ ।

रञ्जय अमात्यको संयोजकत्वमा कार्यक्रम संयोजक समितिले फेस्टिवलको तयारी व्यवस्थापनलाई तिब्रता दिईरहेको र उपसंयोजकहरु मञ्जु क्षेत्री, सञ्जय गुरुगं, शेखर डंगोल लगायतबाट फेस्टिवलको प्रचारप्रसार सहित कार्यक्रम आयोजनाको काम तिब्रगतिमा भईरहेको छ ।

आलोक श्रेष्ठले फेस्टिवल सञ्चालनको लागि आर्थिक व्यवस्थापनको काम गरिरहनुभएको छ ।जापानीहरुमाझ नेपालको पर्यटकिय गन्तव्य चिनाउँदै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्य सहित नेपालको पहिचान झल्कने कार्यक्रम, पर्यटन सम्वन्धि सूचना र नेपालको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गुन्मा फेस्टिवलको मुख्य आकर्षण हुने भएको छ ।

नेपालको चिनारी रहेको बाटुले घर, नेपाली मौलिक परम्परा झल्काउने जाँतो सहित नेपाली भेषभुषा र कलासंस्कृतीलाई फेस्टिवलमा आकर्षक रुपमा सजाएर प्रदर्शनमा राख्न लागिएको आयोजक संस्था नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले जानकारी दिनुभयो ।

आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख शनिवार र आईतबार हुन लागेको दुई दिने नेपाल फेस्टिवल गुन्मा केन ओईजुमि माची स्थित ईजुमी नो मोरिमामा हुँदैछ ।

नेपाली साझा समाज जापानको मुख्य आयोजनामा हुन लागेको नेपाल फेस्टिवल गुन्मा २०१९ मा यहाँको सरकारी निकाय ओईजुमि नगर सह आयोजक रहेको छ ।

जापानमा भएको नेपाल फेस्टिवल सफल पार्न जापानको सरकारी निकाय नै सह आयोजक बनेर नेपालको पर्यटन प्रर्वद्धन र प्रचारमा सहयोग गरेको यो नै पहिलो पटक हो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago