नागोया नेपाल फेष्टिवलको तयारी पुरा , नेपाली बाटुले घर मुख्य आकर्षण

नागोयामा पहिलो पटक आयोजना हुन लागेको नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजकले बताएका छन् ।

फेष्टिवलको लागी स्टल व्यवस्थापन , प्रचार- प्रसार लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको मूल समिति संयोजक पारश मणि पोखरेलले बताउनु भयो। आउदो शानिबार र आईतवार नागोयाको साकामामा हुने फेष्टिवलमा आकर्षण २ तलाको नेपाली बाटुले घर रहेको पोखरेलको भनाई छ। जुन जापनिज र नेपाली सबैको लागी आकर्षण हुने बताइएको छ।

सो बाहेक फेष्टिवलमा विभिन्न प्रकारका नेपाली झाँकीहरु प्रस्तुत गरिने साथै कलाकारहरु बाट वेजोड सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ। कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , नेपाली फेसन सो , पंचेवाजा हेर्न सकिने एनआरएनए , नागोयाका संयोजक दिपक कार्कीले बताउनु भयो । नेपाली कला संस्कृति संगै नेपाली परिकारका साथ फेष्टिवलमा रम्न सकिने कार्की बताउनु हुन्छ ।

विभिन्न माध्यमबाट फेष्टिवल को प्रचार- प्रसार व्यापक पारिएको र यसबाट नेपाल भ्रमण वर्ष २०२० को लागी सपोट हुने फेष्टिवल प्रचार- प्रसार समितिका संयोजक एवं पत्रकार भवानी पन्तको भनाई छ । साथै विदेशमा बस्ने नेपालीहरुको संस्था एनआरएनए को अधिवेशन नजिकिए संगै जापान वाहिरबाट पनि एनआरएनए अभियानकर्मीहरुको यस फेष्टिवलमा उपस्थिती रहने विश्लेषण पन्तको छ । यस फेष्टिवल लाई जापनिज संचारमाध्यमहरुले पनि प्राथमिकताका साथ समाचार सप्रेशण गरेका छन्।

यतिवेला नेपाल फेष्टिवलमा रम्न जापानिज तथा जापानमा रहेका नेपालीहरु आत्तुत रहेका छन्। फेष्टिवलको बारेका जापानभरिनै प्रचार- प्रसार व्यापक पारिए संगै फेष्टिवल हेर्न सवै आत्तुत रहेका हुन् । जापानकै कोमाकीसी मा भेटिएकी कोमरी सुकियामाले आफु फेष्टिवल हेर्न जान विदा मिलाई सकेको बताउनु हुन्छ । आफु दुई पटक नेपाल गई सकेको र नेपालको कला संस्कृति प्रति आफुलाई चाख लाग्ने गरेको उहाको भनाई छ । जापनिज संगै जापानमा रहेका विदेशी एवं नेपालीहरु फेष्टिवलमा रमाउन आत्तुर छन्।नागोया क्षेत्रमा अत्याधिक नेपाली विद्यार्थीहरु रहेको र फेष्टिवल सनिवार र आईतवार परेकोले सो दिन कलेज पनि विदा हुने हुदाँ अत्यधिक विध्यार्थी समावेश हुने बताइएको छ। धेरै विध्यार्थीहरुले फेष्टिवलमा जानको लागी काममा विदा मिलाई सकेका नागोयामा जापनिज कलेज पढ्ने श्याम घिमिरेले बताउनुभयो । त्यस बाहेक नागोया क्षेत्रमा रोजगारी एवं विभिन्न पेशामा अत्याधिक नेपालीहरु रहेका छन् ।

आगामी जुन १५ तारिक जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले फेष्टिवलको समुदघाटन गर्नु हुने छ। कार्यक्रमको आयोजकमा जापान स्थित नेपाली राजदुतावास र एनआरएनए , जापान रहेको छ भन्ने सह- आयोजकमा जापान स्थित विभिन्न संघसंस्थाहरू रहेका छन्।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago