धादिङ् समाज जापानले स्ट्रिट टु होमलाई भौतिक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

टोकियो । धादिङ् समाज जापानले, सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई  सहयोग गर्दै आएको संस्था – (सडक बाट घर) स्ट्रिट टु होमलाई भौतिक सामग्रीहरु हस्तान्तरण गरेको छ । 

सहयोगाक्षिलाई, क्षणिक केहि दान दिएर परनिर्भर र आसामुखि बनाउनु भन्दा शिप,  शिक्षा र अवसर दिऊँ भन्ने  संस्थाको अभियानलाई प्रेरणा र हौसला दिँदै, समाजले यस प्रकारको सहयोग हस्तान्तरण गरिएको हो । समाजका महासचिव बिमल श्रेष्ठका अनुसार, सहयोग स्वरुप २५ हजार रुपैँयाको कपडा राख्ने दराज ,१३ हजार  रुपैँयाको स्कूल पोशाक , १० हजार रुपैँयाको तरकारी बेच्नकालागि ठेलागाडा  तथा  २३ सय ६० रुपैयाँको अभ्यास् पुस्तिका(कापी) प्रदान गरिएको हो ।  

संचारकर्मि बिष्णु आचार्यको आह्वान पछि, जापानमा कृयाशिल अर्का संचारकर्मी राजन गौतमको पहलमा धादिङ समाज जापान ‘स्ट्रीट टु होम’संग जोडिन पुगेको हो । धादिङ् समाज जापानका संचार संयोजक समेत रहेका गौतमले समाजलाई गरेको प्रस्तावमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको स्विकृति प्राप्त भएपछि, दशैँ तिहारको अवसरमा, संस्थाको अध्यक्ष कृष्ण प्रसाद खनाल तथा महासचिव स्वयम संस्थामा पुगि सो, सहयोग सामग्री हस्तान्तरण गरिएको हो । 

अध्यक्ष खनालले भने -‘संस्थाको बारेमा सुनेको भरमा सहयोगको निर्णय गरेका थियौँ,संस्थामै  पुगेर हेर्दा वास्तबमै सहि निर्णय गरेको महशुस भयो,संस्थाले निकै राम्रो काम गरेको रहेछ । धेरै सडक बालिकाहरुले आश्रयसंगै शिक्षा पनि पाईरहेका रहेछन् । त्यस्तै असाहयहरुलाई स्वआर्जन उन्मुख बनाएको रहेछ ।

संस्थाकी व्यवस्थाप एवं संचालिका सुगिता शाहले सहयोगप्रति खुसी हुँदै भनिन् -‘परदेशी  भूमिमा पसीना बगाएर नेपाल आमा को सेवामा समर्पित धादिड़ समाज जापान को सम्पुर्ण टिम प्रति अत्यन्त आभारी छौँ।  जसले हामीले थाले सानो प्रयास मा  मजबुत इप्टा थपिदिनुभएको छ ।  हाम्रा नानी बाबु हरूको लागि वहाँहरूले गर्नुभएको सहयोगले  अत्यन्त ठूलो गुन लगाएको छ  । धादिङ समाज जापानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुज्युहरु प्रति हृदयदेखि कृतज्ञ छौँ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago