डेंगु परीक्षणमै समस्या

काठमाडौं, २६ भदाै : पछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्।

प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्।

नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।

रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय तथा सरकारको समयमै ध्यान नपुगेको भन्दै संसद्मा समेत कडा आलोचना भइरहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक महिनाको बीचमा झन्डै ५ हजारको हाराहारीमा डेंगु संक्रमित बिरामी परीक्षणमा आइसकेका छन्।

६ जनाको मृत्युसमेत भइसकेको छ, यसमा महाशाखाले चार जनाको प्रमाणित भएको र दुई जनाको भइनसकेको बताएको छ।

डेंगु रोगका विशेषज्ञसमेत रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यति बेला अस्पतालको बेडमा बिरामी राख्ने ठाउँ नभएकाले बाहिर ग्यारेजदेखि पालमुनि समेत बिरामी राखेर परीक्षण गरिएको छ। जनशक्ति कम भएकाले विभागसँग माग गरी काम गरिएको उहाँले बताउनुभयो। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago