एनआरएनए अध्यक्षका प्रत्याशी पन्त र आचार्यद्वारा आ-आफ्नो टिमको (नामावली सहित )

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुमार पन्त र कुल आचार्यले आ – आफ्नो टिमलाई अन्तिम रुप दिने तयारीमा छन्। 

आचार्य निकट स्रोतका अनुसार उनको टिममा डीबी क्षेत्री, मन केसी, जानकी गुरुङ, डा. केशव पौडेल, किरण विक्रम थापा, त्रिलोक गुरुङ, खगेन्द्र न्यौपाने, गोविन्द गौतम, रविना थापा र सोम सापकोटा रहने अन्तिम टुंगो लागेको जनाईएको छ, उनिहरु कुन -कुन पदमा लड्ने भन्ने पनि मोटामोटी सहमति बनेको छ, यसको घोषणा छिट्टै हुने स्रोतले जनासवाललाई बतायो । यता आचार्यलाई महासचिवको छनोट गर्न भने सार्है गार्हो भएको छ। डीबी क्षेत्री, जानकी गुरुङ र डा. केशव पौडेल तीनै जना महासचिव पदका प्रत्यासी रहेका छन् । तर, ती तीन जनामध्ये एकजना महासचिव र अन्य दुई जना अन्य पदमा जाने बताईएको छ । 

कुमार पन्तले पनि आफ्नो टिमलाई अन्तिम रुप दिँदै गरेको उनी निकट स्रोतले जानकारी दिएको छ। उनको टिममा बद्रि केसी, धर्मराज अधिकारि,सपिला राजभन्डारी, हिक्मत थापा,सोनाम लामा, हेमराज शर्मा, गौरि जोशी, शिवकुमार बरुवाल, आरके शर्मा, महेश कुमार श्रेष्ठ र लोक प्रसाद दाहाल रहने जनाईएको छ । यता पन्तलाई भने सचिब पद मिलाउन सार्है गाह्रो भएको जनाईएको छ सचिबमा गौरि जोशी, शिवकुमार बरुवाल र आरके शर्मामध्यबाट दुई जना मात्रै छानिने छन । पन्त समुहलाई आचार्य समुहबाट डिबि क्षेत्रिलाई आफ्नो समुहमा ल्याउन दबाब सिर्जना भएको छ । त्यही अनुसार पन्त पनि लागिरहेको उनि निकट स्रोतले बतायो । दुवै टिमले शनिबार बेलुकासम्ममा आ आफ्ना टिमका नाम र पद सार्वजनिक गरिसक्ने जनाएका छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago