सिजनको १९ औं आँधी अर्थात हागिबिस को पूर्व तयारी कसरी गर्न गर्न सकिन्छ ।

प्राकृतिक प्रकोप ताइफुको असर कस्तो पर्छ त्यो आज भोलीमा थाहा हुनेछ  ।

समाचारमा चर्चा चलेअनुसार जापानमा हरेक बर्ष ११ वटा ताइफु आउने र २ ताइफुले ठूला असर गर्ने गर्दछ ।

जापान ठूला आँधिवेहरीहरुका लागि तयार त छ तर यो सिजनको १९ औं आँधी अर्थात हागिबिसले थप खतरा निम्त्याउन सक्छ ।

बिशेष गरी तोकाई क्षेत्र ( नागोया, शिजुओका लगाएत) र कान्तो क्षेत्र (टोक्यो, साईतामा, चिवा लगायत अन्य) धेरै प्रभावित गर्दै छ । त्यस क्षेत्रमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरुलाई सावधानी अपनाउनु का साथै केही दिनको लागि आवस्यक पर्ने खाध्य सामाग्री हरु पनि ब्यवस्था गरी राख्नुहोला

हागिबिस शनिवार जापान आइपुग्दा ताइफुको केन्द्रिय चाप ९५० हेक्टापास्कल हुने जापान मेटेरोलोजिकल एजेन्सीको अनुमान छ । त्यही रफ्तारमा  यो अगाडि बढेमा अहिले सम्मकै सक्तिशाली त हुने हैन भन्ने कुरा पनि अनुमान हुँदैछ । तसर्थ के होला कसो होला भन्न सकिने अवस्था छैन । त्यही भएर यदि ग्यास, पानी, बिजुली काटिने अवस्था आएमा  पूर्व तयारी गर्नु उत्तम हुनेछ । त्यसको लागि ६ / ७ लिटर पानी, केही समय लाई पुग्ने नपकाइ खान मिल्ने खाने कुरा, मोबालय ब्यट्रि चार्ज, र चार्ज गरीचलाउन मिल्ने फ्ल्यास लाइट र ब्याक–अप ब्याट्रीहरु  तयारि   गर्नुनै   प्रभावकारी उपाय हो ।

प्राकृतिक बिपत्त् हागिबिस जापानको हालसम्मकै खराब ताइफुसम्म बन्नसक्छ ।

त्यसैले प्रभाव पर्ने क्षेत्रमा बस्ने सबैजना ताइफुसम्बन्धि अपडेटहरु लिइरहन र आइलाग्न सक्ने जोखिमका लागि तयार रहनुपर्छ । 

यदी सोचेजस्तो असर पुगेन भने त खुसि को कुरा हो ।

 

  भोली र पर्सिको ताइफुका लागि यि तयारीहरु गर्नुहोस् !

  •   ६ / ७ लिटर पिउने पानी
  • आपतकालीन अवस्थामा खान मिल्ने खाना, ड्राई फुडहरु
  • ब्याट्रीबाट चल्ने फ्ल्यास लाइट र ब्याक–अप ब्याट्रीहरु ।
  • बहुमुल्य व्यक्तिगत सामान
  • फेर्नका लागि लत्ताकपडा ।
  • लाइटर र सलाई ।
  • खुद्रा पैसा
  • बोकेर अन्यत्र लान मिल्ने रेडियो ।
  • मोवाइल तथा अन्य चार्जएवल डिभाइसहरु पूर्णतया चार्ज गरि राख्नुहोस् ।
  • झ्याल तथा ढोका राम्रोसंग बन्द गर्नुहोस्, हावा आउने ठाउँ खुल्ला छ कि चेक गर्नुहोस् ।
  • घरको भुँइ वा भुँइ तल्लामा भएका सामाग्रीहरु सुरक्षित स्थानमा सार्नुहोस् ।
  • साइकल बाहिर राख्ने गर्नुभएको छ भने  सुरक्षित स्थानमा सार्नुहोस्।
  • ताइफु पूर्णतया बन्द भएको सूचना पाएपछि मात्र बाहिर निस्कनुहोस् ।
  •  ताइफु सम्बन्धी अपडेट तथा सूचनाहरु नियमित लिइरहनुहोस् ।
  • ताईफुको समय बाहिर निस्कने वा घरको झ्याल खोल्ने काम गर्दै नगर्नुहोला ।
  • सानासाना बच्चाहरु भएको घरमा सिसाको झ्याल तथा ढोकाको आसपास पर्दा लगाउने तथा बच्चाबच्चीहरुलाई त्यस्ता ठाऊँ भन्दा परै राख्नुहोला ।
  • असावधानीले गर्दा घटना घटीसकेपछी पछुताउनु भन्दा पहिल्लै ध्यान दिईयो भने भवितव्यबाट थोरै भए पनि जोगीन सकिन्छ ।
  • आफु पनि साबधान रहौं अनि वरीपरी रहेका साथीहरुलाई पनि सावधान रहन अनुरोध गरौं ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago