प्रथम सहिद लखन थापा स्मृति दिवस जापानमा सम्पन्न , मौलिक पर्वहरूको शुभकामना आदानप्रदान ।

 टोकियो । प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवस नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजनामा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाएको छ ।  

कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूको सभापतित्वमा साथै जापानका लागी नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए आइसीसीका प्रवक्ता भूषण घिमिरे,सदस्य महेश श्रेष्ठ,दिनेश गुरुङ NRNA जापानका उपाध्यक्ष शिब पौडेल,महासचिव बुद्धिराज घिमिरे,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,संजीब राई प्रवासी नेपाली मंच जापानका कार्यबहाक अध्यक्ष सिदार्थ श्रेष्ठ, नेफ़िन सल्लाहकार शरदकुमार गौचन अतिथि रहेका थिय ।  

नेपालका आदिवासि जनजातिहरुको मौलिक पर्वहरू र सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको संयुक्त शुभकामना आदानप्रदान कार्यक्रमको स्वागत मन्तब्य संयोजक तथा नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगरले राख्नु भएको थियो ।उक्त कार्यक्रम महासचिब शान्त पहरीले संचालन गरी सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago