जेष्ठ नागरिक द्वारा कबिवर ,गजलकार गोविन्द राज बिनोदीको सम्मान गर्दै

गोविन्द लामिछाने ,गैंडाकोट पौष २६ । नेपालको साहित्यका मुर्धन्य ब्यक्तित्व कबि ,गजलकार एबं गितकार” विनोदी”लाई  ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटले  नागरिक अभिनन्दन गर्ने भएको छ ।

बिहिबार बिहान  जनक माविमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २८ गते शनिबार जनक माविमा नै कविवर विनोदीलाई नागरिक अभिनन्दन गर्नुका साथै “गोविन्दराज विनोदी  जीवन र सृष्टि” नामक ग्रन्थ लोकार्पण गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिनुभयो । सो कार्यक्रम प्राज्ञ प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा हुने उहाँले जानकारी दिनुभयो ।

नेपाली साहित्यमा नै महत्वपूर्ण भुमिका खेल्नु भएका कबि बिनोदी राष्ट्रको सम्पती भएपनी गैंडाकोटको माटोको गर्ब भएको हुँदा उहाँकै सम्मान गर्न लागिएको अभिनन्दन समारोह शोभा यात्रा उपसमिति संयोजक करुणासागर सुबेदीले बताउनु भयो ।

सो अवसरमा गैंडाकोट ८ विजय विकास स्रोत केन्द्र नजिकै कवि विनोदीको निवासदेखी विहान १० बजेदेखी जनक माविसम्म शोभायात्रा पश्चात अभिनन्दन गरिने उहाँले जानकारी दिनुभयो ।              हामिलाई त लाग्छ हाम्रै गैंडाकोटको माया ,याद आयौं तिमि चांदनी रातमा ,पिरथिको नाउँमा,जिन्दगीमा घुम्नै पर्ने ठाउँ मौलाकाली,यो जुनिमा मात्र होइन जुनि जुनि लाई लगायतका उहाँको शब्दको गित र गजल सुन्न र हेर्न सकिन्छ ।

त्यस्तै उहाँको रचनामा मेरो बर्तमानता कविता संग्रह २०४३,निर्मम निर्मम घडिहरु २०५६,आखांका नानी बालकबिता संग्रह २०५७, छन्द बिनोद प्रबोधक काब्य २०५९,अबिश्रान्त कविता संग्रह २०५९,हिमस्पर्ष कविता संग्रह २०६६,सृष्टि माथिका दृस्टी समालोचना२०६६, अनुपमा धर्ती काब्य २०६६ , नानिका गित बाल गिती कविता  संग्रह २०६९,शुरपर्णखा खण्डकाब्य २०७१, बन भोज बाल चित्र कबिता २०७१,कैकेयी महाकाब्य २०७४ उहाँका मुख्य रचना हुन भने उहाँ समय र सन्दर्भ हेरेर तुरुन्तै फुट्कर रचना गर्ने आशुकबिका रुपमा पनि चिनिनुहुन्छ ।

नवलपरासी र चितवनका साथै यस क्षेत्र र राष्ट्रकै एक विशिष्ट साहित्यिक, शैक्षिक, सामाजिक प्रतिभा, सन्त स्वभावका आशुकवि गोविन्दराज विनोदीका विभिन्न लेख रचना प्रकाशनमा छन् ।

२०६९ सालमा गैंडाकोटमा स्थापित प्रतिष्ठानले विभिन्न सम्मान, ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सिविर, विभिन्न स्रष्टाहरुको लोकोपकारी कृतिहरु प्रकाशन गर्दै आईरहेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका पदाधिकारी सहित, साहित्यिक स्रष्टाहरु, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट लगायत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago