जेष्ठ नागरिक द्वारा कबिवर ,गजलकार गोविन्द राज बिनोदीको सम्मान गर्दै

गोविन्द लामिछाने ,गैंडाकोट पौष २६ । नेपालको साहित्यका मुर्धन्य ब्यक्तित्व कबि ,गजलकार एबं गितकार” विनोदी”लाई  ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटले  नागरिक अभिनन्दन गर्ने भएको छ ।

बिहिबार बिहान  जनक माविमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २८ गते शनिबार जनक माविमा नै कविवर विनोदीलाई नागरिक अभिनन्दन गर्नुका साथै “गोविन्दराज विनोदी  जीवन र सृष्टि” नामक ग्रन्थ लोकार्पण गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिनुभयो । सो कार्यक्रम प्राज्ञ प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा हुने उहाँले जानकारी दिनुभयो ।

नेपाली साहित्यमा नै महत्वपूर्ण भुमिका खेल्नु भएका कबि बिनोदी राष्ट्रको सम्पती भएपनी गैंडाकोटको माटोको गर्ब भएको हुँदा उहाँकै सम्मान गर्न लागिएको अभिनन्दन समारोह शोभा यात्रा उपसमिति संयोजक करुणासागर सुबेदीले बताउनु भयो ।

सो अवसरमा गैंडाकोट ८ विजय विकास स्रोत केन्द्र नजिकै कवि विनोदीको निवासदेखी विहान १० बजेदेखी जनक माविसम्म शोभायात्रा पश्चात अभिनन्दन गरिने उहाँले जानकारी दिनुभयो ।              हामिलाई त लाग्छ हाम्रै गैंडाकोटको माया ,याद आयौं तिमि चांदनी रातमा ,पिरथिको नाउँमा,जिन्दगीमा घुम्नै पर्ने ठाउँ मौलाकाली,यो जुनिमा मात्र होइन जुनि जुनि लाई लगायतका उहाँको शब्दको गित र गजल सुन्न र हेर्न सकिन्छ ।

त्यस्तै उहाँको रचनामा मेरो बर्तमानता कविता संग्रह २०४३,निर्मम निर्मम घडिहरु २०५६,आखांका नानी बालकबिता संग्रह २०५७, छन्द बिनोद प्रबोधक काब्य २०५९,अबिश्रान्त कविता संग्रह २०५९,हिमस्पर्ष कविता संग्रह २०६६,सृष्टि माथिका दृस्टी समालोचना२०६६, अनुपमा धर्ती काब्य २०६६ , नानिका गित बाल गिती कविता  संग्रह २०६९,शुरपर्णखा खण्डकाब्य २०७१, बन भोज बाल चित्र कबिता २०७१,कैकेयी महाकाब्य २०७४ उहाँका मुख्य रचना हुन भने उहाँ समय र सन्दर्भ हेरेर तुरुन्तै फुट्कर रचना गर्ने आशुकबिका रुपमा पनि चिनिनुहुन्छ ।

नवलपरासी र चितवनका साथै यस क्षेत्र र राष्ट्रकै एक विशिष्ट साहित्यिक, शैक्षिक, सामाजिक प्रतिभा, सन्त स्वभावका आशुकवि गोविन्दराज विनोदीका विभिन्न लेख रचना प्रकाशनमा छन् ।

२०६९ सालमा गैंडाकोटमा स्थापित प्रतिष्ठानले विभिन्न सम्मान, ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सिविर, विभिन्न स्रष्टाहरुको लोकोपकारी कृतिहरु प्रकाशन गर्दै आईरहेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका पदाधिकारी सहित, साहित्यिक स्रष्टाहरु, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट लगायत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago