एनआरएनए कोषाध्यक्षका लागि दुबै टीमको रोजाईंमा सुदन थापा,निर्विरोध हुने सम्भावना

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा जापानवाट सुदन थापा निर्विरोध हुने सम्भावना बढेको छ । एनआरएनएको संस्थापनसंग नजिक रहेर काममा सदैव सक्रिय थापाले सवैको आग्रहमा कोषाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको थियो । 

एनआरएनएको बिश्व सम्मेलन अक्टोवर १५ १७ मा काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै जाँदा अध्यक्षका दुवै प्रत्यासी कुमार पन्त र कुल आचार्यको टिमले थापालाई कोषाध्यक्षमा निर्विरोध गर्न  दवाव बढन थालेको बताएको छ । कोषाध्यक्षमा थापा सहित जापानवाटै महेश श्रेष्ठ,सोम सापकोटा समेतको दावि रहेको बेला थापालाई नेतृत्वले निर्विरोध चयनको लागी दवाब दिएका छन । बिगत १३ बर्षदेखि जापानमा रहनुभएका थापालाई अध्यक्षका दुवै उम्मेद्वारले काम गर्न अब्बल युवाको उपमा दिएका छन । सन २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा अघि बढाउनु भएका थापा अहिलेसम्म अनबरत रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आउनु भएको छ । उहाँ गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए आइसीसी युवा प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा वर्तमान एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ता पनि हुनुहुन्छ ।

थापाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष रहदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक पटक नेपाल फेस्टिवलको संयोजक, नेपाल जापान कुटनीतिक सम्बन्धको ६०औ गाठ को सुभ अवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिवल तथा एतिहासिक नेपाल फेस्टिवल को आयोजना गर्नुभएको थियो ।

यस्तै मनास्लु फेस्टिवल लगायत, नेपालमा गएको महाभुकम्मा जापान सरकार तथा जापानी नागरिकहरुले नेपालप्रति देखाएको सहानुभूति तथा आर्थिक सहयोगलाई धन्यवाद स्वरुप नेपालको पर्यटन प्रबर्धनको निमित्त हाम्रा धरोहरहरु अझै भत्केका छैनन, हामी सम्पूर्ण नेपालीहरु तपाईहरुले गर्नुभएको माया सद्भाव सहयोगको लागि नेपालमा स्वगत गरेर धन्यबाद दिन चाहन्छौ भन्ने नारा सहित एकै समयमा जापानका ५० ठाउँ भन्दा बढी स्थानमा स्टेसनको अगाडी थ्यांक्यू जापान कार्यक्रम आयोजना गर्नुभएको थियो ।

जापानको नेतृत्व रहँदा निकै लोकप्रिय कार्ययोजना तथा कार्य गरेर सम्पूर्ण गैरआवासीय नेपालीहरुको मन मुटुमा बस्न सफल ब्यक्ति पनि हुनुहुन्छ थापा । त्यसो त थापाको कार्यकाललाई एनआरएनए जापानको इतिहासमा सुनौलो कार्यकालको रुपमा जापानवासी नेपालीहरुले लिने गरेका छन ।

जापानको कुमामोतोमा आएको विनासकारी भुकम्पमा भुकम्पग्रस्त क्षेत्रमा ५० भन्दा बाढी स्वयंसेवकसहितको टिमले हजारौ संख्यामा जापानी नागरिकहरुलाई पटक पटक नेपाली खाना खुवाएर, नेपाली योगा सिकाउने कामको नेतृत्व पनि थापाले नै गर्नुभएको थियो । २०७२ सालमा भूकम्पमा पनि थापाले उल्लेखनीय काम गर्नुभएको छ । विनासकारी महाभुकम्पमा गैरआवासीय नेपाली संघको तर्फबाट रामेछाप जिल्लाको संयोजक रही ४० भन्दा बाढी स्वयंसेवक तथा मेडिकल टिमको नेतृत्व गर्दै राहत वितरण तथा भुकम्प प्रभावित विभिन्न जिल्लामा काम गर्नुभएको थियो ।थापाले युवा संयोजक रहदै गर्दा प्रथम पटक नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई विभागीय टिमको हैसियत प्रदान गर्दै ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघको तर्फबाट संयोजकको भूमिका प्रदान गरेको थियो । ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघले ६ स्वर्णसहित १४ पदक प्राप्त गरेको थियो । 

थापाले एनआरएनए स्पोर्टस एकेडेमी स्थापनाका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।थापाले गैरआवासीय दोस्रो जेनेरेसनलाई नेपालसंग जोडन र नेपालको समग्र खेलकूद बिकासका लागि नेपालमा स्पोर्ट्स एकेडेमीको स्थापनाको अबधारणा अघि सार्नुभएको छ । जस्को प्रतिफल एनआरएनएले पाउन थालिसकेको आम सदस्यहरुको बुझाइ छ । सधैं संस्थापन र ईमान्दार थापा राजनितिक रुपमा पनि कुनै दलसंग आवद्ध नभएकोले दुवै टिमवाट कोषध्यक्षमा निर्विरोध गर्न नेतृत्वलाई दवाल दिएका छन ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago