नवलपुर सेवा समाज युएई क्षेत्रीय समिती फुजेराले मृगौला रोग बाट पिडित लाई सहयोग रकम हस्तान्तरण ।

युएई , किस्न । नवलपुर सेवा समाज युएई क्षेत्रीय समिती फुजेरा को पहलमा नवलपुर को गैंडाकोट न पा अन्तरगत अमरापुरी वडा कार्यलय को परिसर मा मृगौला रोग बाट पिडित हुनुभएका कावासोती न.पा. -१२ पिठौलि का गनेश सापकोटा ज्यु साथै गैडाकोट न.पा.-१८ दमार निवासी अमर बहादुर कामी ज्यु दुबै जनालाई उपचार सहयोग रकम प्रती ब्यक्त्ति रु ४०,००० हजार हस्तान्तरण गरियो।

उक्त कार्यक्रम मा नवलपुर सेवा समाज युएईका संस्थापक अध्यक्ष भिम हमाल ज्यु संस्थापक महासचिव राज भण्डारि ज्यु साथै केन्द्रिय सल्लाहकार समाजसेबि शेर सुनार ज्यु एबं नवलपुर सेवा समाज फुजेराह का निबर्तमान अध्यक्ष शिबराज कण्डेल ज्यु पत्रकार साथी हरु लगाएत स्थानिय मिडिया को रोहोबर मा सहयोग हस्तान्तरण गरिएको थियो।

सहयोग रकम संकलन गर्नु को लागि नवलपुर सेवा समाज फुजेराह का कर्मठ सदस्य ज्यु हरु खटिनु भाको थियो भने फुजेराह लुलु मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई दिदिबैनिले सहयोग गर्नुन्भएको थियो NRNA फुजेराह का अध्यक्ष बिरेन्द्र खड्का ज्यु ले पनि सहयोग रकम उठाउन मा हामी सबै लाई मदद्त गर्नु भएको थियो विशेष नवलपुर सेवा नवलपुर सेवा समाज फुजेराह युएई का उपाध्यक्ष मोति ठाडा मगर ज्यु  समय साथै आफ्नो जिम्मेवारि देखाउदै सहयोग रकम जम्मा गर्नुमा ठुलो भुमिका निभाउनु भएको थियो यो माहान कार्यमा योगदान साथै थोरै थोरै गरेर सहयोग रकम जम्मा गरिदिनु हुने सबैलाई सस्थाले धन्यवाद गरेकोछ ।  

साथै आगामी दिनमा पनि आफ्नो जिल्ला मा परेको जस्तो सुकै सेवा मुलक काममा नवलपुर सेवा समाज युएई क्षेत्रीय समिती फुजेरा सबै सँग हातेमालो गरेर अघी बढने समाजका क्षेत्रीय समिती फुजेराका माहासचिब किस्न कुमार परीयर ले बताउनु भयो ।  

 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago