युरोपको सबैभन्दा ठूलो ‘सेक्स फेस्टिबल’ जारी ,हृदयघात महिलाको अस्पतालमा उपचार हुँदै ।

युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै हृदयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पताल पुर्याइयो जहाँ उनको उपचार चलिरहेको छ ।

स्थानीय पत्रिका ‘द सन’ को रिपोर्ट अनुसार इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२ वर्षीया महिला सामूहिक क्रियाकलापको क्रममा अचानक लडिन् । यद्यपि, अस्पतालमा अब उनको स्थिती सुधारोन्मुख बताइएको छ । महिलालाई चाँडै नै डिस्चार्ज गरिने बताइएको छ ।

यो कार्यक्रममा सेक्सप्रति उत्साही व्यक्तिका लागि विभिन्न प्रकारको गतिविधीको आयोजना गर्ने गरिन्छ जसमा पार्टनर बदल्नेदेखि अरुको अन्तरंग पल हेर्नेलगायकता काम गरिन्छ ।

रोचक कुरा के छ भने इंगल्याण्डमा पूरा युरोपको यो ‘सबैभन्दा ठूलो सेक्स फेस्टिबल’ हो जुन जुलाईको पहिलो विकेन्डमा आयोजना गरिन्छ । यो कार्यक्रममा भिन्न यौन चाहना भएका करिब सात सयको सहभागिता रह्यो । यो फेस्टिबलमा भाग लिनका लागि जोडीले दुई सय डलर तिरेका छन् ।

सेक्स फेस्टिबलको आयोजना वोर्केस्टरशायरको एउटा गाउँमा गरिएको छ जहाँ खुल्ला मैदानमा टेन्ट लगाएर मानिसहरु बस्ने व्यवस्था गरिएको छ । यो कार्यक्रममा भाग लिने सबै व्यक्तिलाई मिडियासँगको कुराकानीमा प्रतिबन्ध लगाइएको छ । यद्यपि, स्थानीयले यो फेस्टिबलको विषयमा प्रश्न पनि उठाएका छन् । विरोध हुनसक्ने भन्दै आयोजकले कडा सुरक्षाको व्यवस्था मिलाएका छन् ।

यो फेस्टिबलको विशेषता यो हो कि यसमा एलजीबीटीआईक्यू समुदायसहित सबै सेक्सुअल चोइस भएका व्यक्तिले भाग लिएका छन् । स्विंगफिल्ड नामबाट चर्चित यो फेस्टिबलका आयोजकले यसलाई इंगल्याण्डको एक्लो स्विंगर्स फेस्टिबल पनि बताउँछन् ।

यो सेक्स फेस्टिबललाई पूर्ण रुपमा गोप्य राखिएको थियो । कसैलाई पनि यसबारे पूर्व जानकारी नहोस् भन्नका लागि टिकट खरिद गर्ने व्यक्तिहरुलाई पनि कार्यक्रम सुरु हुनु ४८ घण्टा अघिमात्रै कार्यक्रमस्थलबारे जानकारी दिइएको थियो । स्विंगफिल्डको वेबसाइटका अनुसार यो पर्व हरेक वर्ष आयोजना गरिन्छ तर यसमा आयोजकको तर्फबाट कुनै पनि प्रकारको सेक्सुअल सर्भिस दिइने छैन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago