युरोपको सबैभन्दा ठूलो ‘सेक्स फेस्टिबल’ जारी ,हृदयघात महिलाको अस्पतालमा उपचार हुँदै ।

युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै हृदयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पताल पुर्याइयो जहाँ उनको उपचार चलिरहेको छ ।

स्थानीय पत्रिका ‘द सन’ को रिपोर्ट अनुसार इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२ वर्षीया महिला सामूहिक क्रियाकलापको क्रममा अचानक लडिन् । यद्यपि, अस्पतालमा अब उनको स्थिती सुधारोन्मुख बताइएको छ । महिलालाई चाँडै नै डिस्चार्ज गरिने बताइएको छ ।

यो कार्यक्रममा सेक्सप्रति उत्साही व्यक्तिका लागि विभिन्न प्रकारको गतिविधीको आयोजना गर्ने गरिन्छ जसमा पार्टनर बदल्नेदेखि अरुको अन्तरंग पल हेर्नेलगायकता काम गरिन्छ ।

रोचक कुरा के छ भने इंगल्याण्डमा पूरा युरोपको यो ‘सबैभन्दा ठूलो सेक्स फेस्टिबल’ हो जुन जुलाईको पहिलो विकेन्डमा आयोजना गरिन्छ । यो कार्यक्रममा भिन्न यौन चाहना भएका करिब सात सयको सहभागिता रह्यो । यो फेस्टिबलमा भाग लिनका लागि जोडीले दुई सय डलर तिरेका छन् ।

सेक्स फेस्टिबलको आयोजना वोर्केस्टरशायरको एउटा गाउँमा गरिएको छ जहाँ खुल्ला मैदानमा टेन्ट लगाएर मानिसहरु बस्ने व्यवस्था गरिएको छ । यो कार्यक्रममा भाग लिने सबै व्यक्तिलाई मिडियासँगको कुराकानीमा प्रतिबन्ध लगाइएको छ । यद्यपि, स्थानीयले यो फेस्टिबलको विषयमा प्रश्न पनि उठाएका छन् । विरोध हुनसक्ने भन्दै आयोजकले कडा सुरक्षाको व्यवस्था मिलाएका छन् ।

यो फेस्टिबलको विशेषता यो हो कि यसमा एलजीबीटीआईक्यू समुदायसहित सबै सेक्सुअल चोइस भएका व्यक्तिले भाग लिएका छन् । स्विंगफिल्ड नामबाट चर्चित यो फेस्टिबलका आयोजकले यसलाई इंगल्याण्डको एक्लो स्विंगर्स फेस्टिबल पनि बताउँछन् ।

यो सेक्स फेस्टिबललाई पूर्ण रुपमा गोप्य राखिएको थियो । कसैलाई पनि यसबारे पूर्व जानकारी नहोस् भन्नका लागि टिकट खरिद गर्ने व्यक्तिहरुलाई पनि कार्यक्रम सुरु हुनु ४८ घण्टा अघिमात्रै कार्यक्रमस्थलबारे जानकारी दिइएको थियो । स्विंगफिल्डको वेबसाइटका अनुसार यो पर्व हरेक वर्ष आयोजना गरिन्छ तर यसमा आयोजकको तर्फबाट कुनै पनि प्रकारको सेक्सुअल सर्भिस दिइने छैन ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago