नेपाल पत्रकार महासंघ नवलपरासी (ब.सु.पुर्ब ) को शाखा भवन बनाउन पहल

गोविन्द लामिछाने ,फाल्गुन २६ । नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पुर्बको शाखा भवन कावासोतीमा बन्ने भएको छ ।

महासंघको शाखा भवनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला जग्गा ब्यबस्थापन समितिले आवश्यक प्रकृया थालेको र पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित नेपाली कांग्रेस पार्टी पूर्ण प्रतिबद्ध रहेको नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद बिष्नु लामिछानेले बताउनुभयो ।

पत्रकार महासंघ सबै पत्रकारहरको साझा संगठनका रुपमा स्थापित छाता संगठनका रुपमा रहेको छ । जिल्ला टुक्रिए पछि महासंघ समेत बिभाजित भएको हो । शाखा भवनका लागि जग्गा उपलब्ध गराईदिन पत्रकार महासंघ शाखाले बिधिबत निर्णय गरि आजै सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई महासंघको निर्णय सहितको पत्र महासंघका अध्यक्ष होमराज रानाभाटले हस्तान्तरण गर्नु भएको थियो   

महासंघको भवन निर्माणका लागि जिल्ला जग्गा ब्यबस्थापन समितिले जग्गा दिने कुरामा सकारात्मक रहेको र महासंघलाई कुनै पनि हालतमा जग्गा दिईने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । महासंघको पत्र हस्तानतरण पश्चात सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले प्रमुख जिल्ला अधिकारी, जिल्ला का सम्पूर्ण राजनीतिक दल सबै पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन अत्यन्तै सकरात्मक रहेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्बी नवलपरासी १ का सांसद डा. शसांक कोइरालाले पत्रकार महासंघ सबै पत्रकारको छाता संगठनका रुपमा रहेकाले महासंघको भवन निर्माणमा आफनो जुनसुकै सहयोग पनि रहने र जग्गा उपलब्ध गराउन आफनो तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेकपाका पूर्बी नवलपरासी २ का सांसद तथा सो पार्टीका केन्द्रीय सदस्य तिलक महतले पत्रकार महासंघलाई भवन निर्माणका लागि आबश्यक जग्गा उपलब्ध गराउन आफनो तर्फबाट पुरै सहयोग हुने बचनबद्धता ब्यक्त गर्नुभयो । 

पत्रकार महासंघलाई जग्गा उपलब्ध गराउन यस अघि नवलपरासी पूर्बमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र महेश अर्यालले प्रतिबद्धपूर्ण प्रतिबद्धता जनाउनुभएको थियो ।हाल का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पत्रकार महासंघलाई आधुनिक भवन निर्माण गर्न आबश्यक जग्गा उपलब्ध गराउन आफुले सकेको सबै सहयोग गर्ने   बचनबद्धता ब्यक्त गरिरहनुभएको छ ।

पत्रकार महासंघको भवन निर्माण आधुनिक र सुबिधा सम्पन्न बनाईने लक्ष्यका साथ अघि बढिएको महासंघका जिल्ला अध्यक्ष होमराज रानाभाटले बताउनुभयो । महासंघको भवन निर्माणका लागि सूचना तथा संचार प्रबिधि मन्त्रालयले रु १० लाख दिनेछ भने अन्य बाट सहयोग जम्मा गरेर एक करोड ५० लाखको लागतमा महासंघको भवन निर्माण गरिने लक्ष्यका साथ अघि बढिएको अध्यक्ष रानाभाटले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago