नेपाल पत्रकार महासंघ नवलपरासी (ब.सु.पुर्ब ) को शाखा भवन बनाउन पहल

गोविन्द लामिछाने ,फाल्गुन २६ । नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पुर्बको शाखा भवन कावासोतीमा बन्ने भएको छ ।

महासंघको शाखा भवनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला जग्गा ब्यबस्थापन समितिले आवश्यक प्रकृया थालेको र पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित नेपाली कांग्रेस पार्टी पूर्ण प्रतिबद्ध रहेको नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद बिष्नु लामिछानेले बताउनुभयो ।

पत्रकार महासंघ सबै पत्रकारहरको साझा संगठनका रुपमा स्थापित छाता संगठनका रुपमा रहेको छ । जिल्ला टुक्रिए पछि महासंघ समेत बिभाजित भएको हो । शाखा भवनका लागि जग्गा उपलब्ध गराईदिन पत्रकार महासंघ शाखाले बिधिबत निर्णय गरि आजै सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई महासंघको निर्णय सहितको पत्र महासंघका अध्यक्ष होमराज रानाभाटले हस्तान्तरण गर्नु भएको थियो   

महासंघको भवन निर्माणका लागि जिल्ला जग्गा ब्यबस्थापन समितिले जग्गा दिने कुरामा सकारात्मक रहेको र महासंघलाई कुनै पनि हालतमा जग्गा दिईने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । महासंघको पत्र हस्तानतरण पश्चात सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले प्रमुख जिल्ला अधिकारी, जिल्ला का सम्पूर्ण राजनीतिक दल सबै पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन अत्यन्तै सकरात्मक रहेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्बी नवलपरासी १ का सांसद डा. शसांक कोइरालाले पत्रकार महासंघ सबै पत्रकारको छाता संगठनका रुपमा रहेकाले महासंघको भवन निर्माणमा आफनो जुनसुकै सहयोग पनि रहने र जग्गा उपलब्ध गराउन आफनो तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेकपाका पूर्बी नवलपरासी २ का सांसद तथा सो पार्टीका केन्द्रीय सदस्य तिलक महतले पत्रकार महासंघलाई भवन निर्माणका लागि आबश्यक जग्गा उपलब्ध गराउन आफनो तर्फबाट पुरै सहयोग हुने बचनबद्धता ब्यक्त गर्नुभयो । 

पत्रकार महासंघलाई जग्गा उपलब्ध गराउन यस अघि नवलपरासी पूर्बमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र महेश अर्यालले प्रतिबद्धपूर्ण प्रतिबद्धता जनाउनुभएको थियो ।हाल का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पत्रकार महासंघलाई आधुनिक भवन निर्माण गर्न आबश्यक जग्गा उपलब्ध गराउन आफुले सकेको सबै सहयोग गर्ने   बचनबद्धता ब्यक्त गरिरहनुभएको छ ।

पत्रकार महासंघको भवन निर्माण आधुनिक र सुबिधा सम्पन्न बनाईने लक्ष्यका साथ अघि बढिएको महासंघका जिल्ला अध्यक्ष होमराज रानाभाटले बताउनुभयो । महासंघको भवन निर्माणका लागि सूचना तथा संचार प्रबिधि मन्त्रालयले रु १० लाख दिनेछ भने अन्य बाट सहयोग जम्मा गरेर एक करोड ५० लाखको लागतमा महासंघको भवन निर्माण गरिने लक्ष्यका साथ अघि बढिएको अध्यक्ष रानाभाटले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago