Categories: समाचार

रानी महलको प्रर्यटन र बेमौसमी खाध्यान्न खेती मा युवाको चासो

पाल्पा , २७ माघ ।  नव युवा अभियन्ता २०१८ नवपाइला र सूर्यमुखी समूहको रिपोर्ट प्रस्तुतीकरण तथा नीति संवाद कार्यक्रमका तानसेनमा सम्पन भएको छ ।

कार्यक्रम बारे प्रकाश पार्दै दायित्व कार्यक्रमकी अधिकृत नतासा काफ्लेले नेपालकायुवा समुह बिदेश पलायन हुने क्रम होत्तै बढेको अवस्थामा नेपालमै केही गर्नेगरि दायित्व कार्यक्रमले नौलो अभियान थालनी गरेको बताउदै नेपालमै युवालाईरोजगारी सृजना गर्दै अघिबढ्ने मुल उदेश्य रहेको बताइन । 

नव युवा अभियन्ता २०१८ का नवपाइला र सूर्यमुखी समूहमा आवद्ध ५, ५ जना युवाहरुले १ सय दिने अभियान चलाएका थिए । नवपाइला समूहले रानीमहलको पर्यटन प्रवर्धन र सूर्यमुखी समूहले बगनासकाली ८ बराङ्दीमा बेमौसमी मकैको सम्भाब्यताबारे अध्ययन गरेको हो । दुबै समूहले आफूहरुको अभियानको सफलता र प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । 

नवपाइलाका मुनेशरत्न गुभाजु र सूर्यमुखीका बिनोद भारतीले समूहगत प्रस्तुती राखेका थिए । प्रतिवेदनमाथि होम स्टे ब्यवसायी धनिश्वर बस्याल, पर्यटनकर्मी मनमोहन श्रेष्ठ, राजेन्द्रगोपाल सिंह, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरि रायमाझी लगायतले सुझाव समेत दिएका थिए ।अभियानसितदायित्व युवा अभियन्ताहरुले पाल्पा जिल्लामा संचालन गरेको १ सय दिने अभियानको रिपोर्ट प्रस्तुतीकरण तथा नीति संवाद कार्यक्रमका अतिथिहरुलाई आयोजकले ब्याजको रुपमा पिपलको पात लगाइदिए । पिपलको पातमा टिपेक्सले रानी महलको प्रर्यटन र बेमौसमी खाध्यान्न खेती मा युवाको चासो तिपेक्सले सभाअध्यक्ष , प्रमुख अतिथि, अतिथि लेखिएको थियो । 

खादा र महंगो ब्याजको खासै अर्थ नहुने भन्दै  आयोजकले खर्च मित्व्यीता अपनाएको बताए। कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाकी उपमयेर लक्ष्मी पाठक, बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामी, दायित्व अभियानका कार्यकारी निर्देशक डा. पुकार मल्ल, तानसेन नगरपालिकाका ६ का अध्यक्ष सागरमान महर्जन, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरे, पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष हरिकृष्ण कार्की, इनोभेषन एक्सन पाल्पाका कोषाध्यक्ष ध्रुव भण्डारी,यज्ञमुर्ति तिमिल्सेना  लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम नवपाइला समूहका संयोजक एन्जिना खनालको अध्यक्षता र सूर्यमुखी समूहका अर्थ संयोजक तुल्सी गैरेको संचालनमा चलेको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago