नेपाल-जापान हवाई सम्झाैता आजदेखि लागू

काठमाडौं पौष २५ । नेपाल र जापानबीच असार १४ मा पुनरावलाेकन भएकाे हवाई सम्झाैता आजदेखि लागू भएकाे छ।

दुई देशका पराराष्ट्र मन्त्रीहरूले कुटनीतिक नाेट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएकाे हाे। आज काठमाडौंमा आयाेजित समाराेहबीच परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी कोनोबीच उक्त नाेट हस्तान्तरण भएकाे हाे।

२५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएर लागू भएसँगै सिधा हवाई उडान थप हुने भएको छ। १९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो। असारमा नेपाल र जापानबीच भएको हवाई सेवासम्वन्धी समझदारीको १.३ अनुसार नयाँ रुट सेडुअल एक्सचेन्ज डिप्लाेम्याटिक नाेट्स पश्चात् प्रभावकारी हुने व्यवस्था थियाे।

याे यसले उडान संचालनको अनुमति प्राप्त गर्न र उडान संचालन गर्न बाधा नपर्ने समझदारीको १.४ बुँदामा रहेकाे स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएकाे छ। नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन्।

यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउथे। नयाँ सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ। अबदेखि नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago