नेपाल-जापान हवाई सम्झाैता आजदेखि लागू

काठमाडौं पौष २५ । नेपाल र जापानबीच असार १४ मा पुनरावलाेकन भएकाे हवाई सम्झाैता आजदेखि लागू भएकाे छ।

दुई देशका पराराष्ट्र मन्त्रीहरूले कुटनीतिक नाेट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएकाे हाे। आज काठमाडौंमा आयाेजित समाराेहबीच परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी कोनोबीच उक्त नाेट हस्तान्तरण भएकाे हाे।

२५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएर लागू भएसँगै सिधा हवाई उडान थप हुने भएको छ। १९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो। असारमा नेपाल र जापानबीच भएको हवाई सेवासम्वन्धी समझदारीको १.३ अनुसार नयाँ रुट सेडुअल एक्सचेन्ज डिप्लाेम्याटिक नाेट्स पश्चात् प्रभावकारी हुने व्यवस्था थियाे।

याे यसले उडान संचालनको अनुमति प्राप्त गर्न र उडान संचालन गर्न बाधा नपर्ने समझदारीको १.४ बुँदामा रहेकाे स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएकाे छ। नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन्।

यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउथे। नयाँ सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ। अबदेखि नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago