पौष २५, बुटवल, भबिन्द्र गौतम । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासङ्घको रुपन्देही जिल्ला अधिबेसनले सन्जिब रोक्काको अध्यक्षतामा ५ सदस्यीय समिती गठन गरेको छ ।
बुधबार रुपन्देहीको बुटवलमा बसेको जिल्लाका महासङ्घ सम्बद्ध यातायात ब्यवासायी सघ समितिहरुको भेलाले निर्बाचित गरेको हो । भेलामा केन्द्रिय प्रतिनिधीको रुपमा महासङ्घको ५ नम्बर प्रदेश सयोजक डिल बहादुर ढुङ्गानाले सम्वोधन गर्दै सबै यातायात ब्यवसायिहरु एकताबद्ध भै आफ्ना हकहित र समस्या सामाधानका निम्ति सहकार्य गर्नुपर्ने आवस्यकता रहेको बताउनु भयो ।
अधिबेशनले सचिबमा बुटवल यातायातका दिपक श्रेष्ठ, कोषाध्यक्षमा लुम्बिनी टेक्सी का गोबिन्द यादब, र सदस्यमा पश्चिम् नेपालका सुरेन्द्र श्रेष्ठ र लुम्बिनी ट्रकका सन्तराम पाण्डे निर्बाचित भएका छन । अधिबेशनको खुल्ला समयमा बोल्दै केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, पुर्ब केन्द्रिय सदस्य जीवन बन्जाडे, रुमाखर गौतम लागायत ब्यवसायीहरुले बोल्दै आजको आवस्यकता ब्यवासायिक एकता भएकोले सबैले सहकार्य गर्नुपर्ने जनाए ।
नवनिर्बाचित जिल्ला सयोजक रोक्काले ब्यवसायिक हक हितका निम्ति लागिपर्ने प्रतिबद्धता जनाउनु भयो । यसैगरी नवलपरासीमा समेत सन्जय गुप्ताको सयोजकत्वमा ३ सदस्यीय समिती गठन भएको छ । ५ नम्बर प्रदेश सयोजक डिल बहादुर ढुंगानाको अध्यक्षता केन्द्रीय सदस्य बिष्णु काफ्लेको स्वागत र भबिन्द्र गौतमको सन्चालनमा कार्यक्रम चलेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…