समय आज सकिँदै, माग पूरा नभए आजैबाट सत्याग्रह थाल्ने सरकारलाई डा. केसी चेतावनी

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले संघीय संसद्को संसदीय उपसमितिलाई बिगतमा गरेको सम्झौता कार्यन्वयन गर्न दिएको समय आज (बुधबार) सकिँदैछ । आज दिउँसो सम्ममा पनि माग पूरा नभए दिउँसो ४ बजेबाट नै १६ औं सत्याग्रह इलामबाट थाल्ने चेतावनी दिएका छन् ।

संसदीय उप समितिले १५ औं सत्याग्रहको उपलब्धी स्वरुप राज्यस“ग भएको सहमति लत्याएकाले इलामबाट १६ औं सत्याग्रह सुरु गर्ने मंगलबार इलाममा सञ्चारकर्मीसंग बताए । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रस“ग मात्र सम्वन्धित नरहेर भ्रष्टचार र कुशासनको बिरुद्धमा हुने बताए ।

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुष १७ देखि सत्याग्रह बस्न इलाम आएका थिए । तर संसदीय उप समितिले २ दिनको समय माग गरेपछि केसीले उल्टै समितिलाई सात दिनको समय दिएका थिए ।आफूले दिएको समय सकनि एकदिन बाँकि हुँदा पनि माग पूरा गर्ने छाटकाँट नदेखेपछि पुनः सत्याग्रहकालागि उनी मंगलबार इलाम आएका हुन् । सत्याग्रहका लागि जुनसुकै स्थल पनि हुनसक्ने बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago