नेपाल फेस्टिवल गुन्मा केनमा हुँदै , नेपाल भ्रमण बर्षमा सहयोग पुग्न सक्ने ।

नेपाल फेस्टिवल गुन्मा २०१९ सेप्टेम्बर २८ र २९ मा आयोजना, नेपाली साझा समाजको पहलमा नेपाल भ्रमण बर्ष र पर्यटन प्रचार हुँदै गुन्मा, जापान । नेपाल भ्रमण बर्ष २०२० लाई सघाउने लक्ष्य सहित नेपालको पर्यटन प्रचार, नेपाली कला, संस्कृतिको पहिचान र नेपाली एकता प्रदर्शन गर्दै आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख पहिलो गुन्मा फेस्टवल २०१९ आयोजना हुने भएको हो ।

नेपालको पर्यटन, कला, संस्कृति र एकताको उदाहरणीय कार्यक्रम आयोजना भने जापानको गुन्माकेन क्षेत्रमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा परिचित नेपाली साझा समाज जापानको पहलमा यहाँ पहिलो पटक हुन लागेको हो । जापानीहरुमाझ नेपालको पर्यटकिय गन्तव्य चिनाउँदै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्य सहित नेपालको पहिचान झल्कने कार्यक्रम, पर्यटन सम्वन्धि सूचना र नेपालको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गुन्मा फेस्टिवलको मुख्य आकर्षण हुने आयोजक संस्था नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

ma

आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख शनिवार र आईतबार दुई दिने नेपाल फेस्टिवल गुन्मा केन ओईजुमि माची स्थित ईजुमी नो मोरिमामा हुने छ । विशुद्ध नेपालको पर्यटन प्रवद्र्धन, नेपाली कला संस्कृतिको प्रचार सहित नेपाली एकताको सन्देश दिन आयोजना गरिएको फेस्टिवल सफल पार्न जापानमा रहका सबै नेपालीहरुले प्रचार प्रसार, आर्थिक र भौतिक लगायतको सहयोग गरिदिन समेत आयोजक संस्थाले अनुरोध गरेको छ । नेपाली साझा समाज जापानको मुख्य आयोजनामा हुन लागेको नेपाल फेस्टिवल गुन्मा २०१९ मा यहाँको सरकारी निकाय ओईजुमि नगर सह आयोजक रहने भएको छ ।

प्रोफिट सर्भिस कम्पनीको सहयोग रहने भएको कार्यक्रममा सबै जापानमा रहेका संघसंस्थाहरुलाई सहयोग र सहकार्य गरिदिनुहुन समेत आयोजक संस्थाका अध्यक्ष शेरचनले आग्रह गर्नुभएको छ । विश्वकै पर्यटकिय गन्तव्य रहेको नेपालको सुन्दरता र पहिचानलाई जापानीमाझ प्रस्तुत गर्दै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्य सहित आयोजना गरिएको फेस्टिवललाई भव्य रुपमा सफल पार्न सबै जापानवासी नेपालीहरुले प्रचार प्रसार सहित फेस्टिवलमा उपस्थित भएर सहयोग गरिदिनुहुन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago