नेपाल फेस्टिवल गुन्मा केनमा हुँदै , नेपाल भ्रमण बर्षमा सहयोग पुग्न सक्ने ।

नेपाल फेस्टिवल गुन्मा २०१९ सेप्टेम्बर २८ र २९ मा आयोजना, नेपाली साझा समाजको पहलमा नेपाल भ्रमण बर्ष र पर्यटन प्रचार हुँदै गुन्मा, जापान । नेपाल भ्रमण बर्ष २०२० लाई सघाउने लक्ष्य सहित नेपालको पर्यटन प्रचार, नेपाली कला, संस्कृतिको पहिचान र नेपाली एकता प्रदर्शन गर्दै आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख पहिलो गुन्मा फेस्टवल २०१९ आयोजना हुने भएको हो ।

नेपालको पर्यटन, कला, संस्कृति र एकताको उदाहरणीय कार्यक्रम आयोजना भने जापानको गुन्माकेन क्षेत्रमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा परिचित नेपाली साझा समाज जापानको पहलमा यहाँ पहिलो पटक हुन लागेको हो । जापानीहरुमाझ नेपालको पर्यटकिय गन्तव्य चिनाउँदै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्य सहित नेपालको पहिचान झल्कने कार्यक्रम, पर्यटन सम्वन्धि सूचना र नेपालको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गुन्मा फेस्टिवलको मुख्य आकर्षण हुने आयोजक संस्था नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

ma

आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख शनिवार र आईतबार दुई दिने नेपाल फेस्टिवल गुन्मा केन ओईजुमि माची स्थित ईजुमी नो मोरिमामा हुने छ । विशुद्ध नेपालको पर्यटन प्रवद्र्धन, नेपाली कला संस्कृतिको प्रचार सहित नेपाली एकताको सन्देश दिन आयोजना गरिएको फेस्टिवल सफल पार्न जापानमा रहका सबै नेपालीहरुले प्रचार प्रसार, आर्थिक र भौतिक लगायतको सहयोग गरिदिन समेत आयोजक संस्थाले अनुरोध गरेको छ । नेपाली साझा समाज जापानको मुख्य आयोजनामा हुन लागेको नेपाल फेस्टिवल गुन्मा २०१९ मा यहाँको सरकारी निकाय ओईजुमि नगर सह आयोजक रहने भएको छ ।

प्रोफिट सर्भिस कम्पनीको सहयोग रहने भएको कार्यक्रममा सबै जापानमा रहेका संघसंस्थाहरुलाई सहयोग र सहकार्य गरिदिनुहुन समेत आयोजक संस्थाका अध्यक्ष शेरचनले आग्रह गर्नुभएको छ । विश्वकै पर्यटकिय गन्तव्य रहेको नेपालको सुन्दरता र पहिचानलाई जापानीमाझ प्रस्तुत गर्दै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्य सहित आयोजना गरिएको फेस्टिवललाई भव्य रुपमा सफल पार्न सबै जापानवासी नेपालीहरुले प्रचार प्रसार सहित फेस्टिवलमा उपस्थित भएर सहयोग गरिदिनुहुन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

 

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago