म्यानमार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक सम्पन्न भएको छ ।शनिवार र आईतवार म्यानमारको याङ्गोनमा भएको एसिया प्यासिफिक क्षेत्रीय भेला आईतवार एक समारोहको विच औपचारिक उद्घाटन भएको थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिन हुनुहुन्छ भने उद्घाटनमा विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा.प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य डा.सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास साथै संघका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा.बद्री केसी, सचिव डिवी क्षेत्रीलगायत सहभागि थियो ।
एनआरएनए एसिया प्यासिफिक संयोजक किरण विक्रम थापाका अनुसार बैठकले विभिन्न १२ बुँदे निर्णय गर्दै साँस्कृतिक कार्यक्रमसहित समापन भएको बताउनु भयो ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…