टोकियोमा हुने घले ल्होसरमा चर्चित गायक हिमाल र रिया घले को प्रस्तुति हुने ।

टोकियो,२९ पौष ।  नेपालमा रहेका आदिवासि जनजाति मध्येको एक घलेहरुले जापानमा पनि आपनो मौलिक संस्कृति सहित ल्होसर ( नयॉ वर्ष ) टोक्यो को रोधी क्लब टोकियो, सिनओकुबु मनाउने भएका छन । 

यस वर्षको ल्होसर कार्यक्रम नेपालका लोकदोहोरीका चर्चित गायक हिमाल घले तथा मोडेल तथा गायिका रिया घलेको प्रस्तुति पनि हुने  लि:ल फङ(घले समाज) समिती जापानका अध्यक्ष पुर्ण बहादुर घलेले जानकारी दिनुभयो । 

कुनै समयमा नेपालमा राज्य संचालन समेत गरेको घलेहरुक साझा संस्था लि:ल फङ(घले समाज) समिती जापानले यहि जनवरी १३ तारिक आईतबार सिनओकुबु मा रहेको टोकियो रोधि सॉझमा आयोजना गरिने  लि:ल फङ(घले समाज) समिती जापानका अध्यक्ष  घलेले जानकारी दिनुभयो । 

ल्होसर नेपालमा रहेका अधिकांस जनजातिहरुले नयॉ वर्षको रुमा मनाउने गर्दछन । घले जातिको आपनै भाषा र संस्कृति रहेको पाईन्छ । नेपाल एकिकरण हुनु पुर्व अहिलेको गण्डक प्रदेशको मध्य तथा हिमाली पहाड़ी क्षेत्रमा बसोबास रहेको घलेहरुले कुनै बेला गण्डाकि सहितको क्षेत्रहरुमा राज्य संचालन गरेको ईतिहास रहेको छ ।

जनवरी १३ मा हुने घलेहरुको नयॉ वर्ष ल्होसरको लागि लि:ल फङ (घले समाज)जापानका अध्यक्ष पुर्ण बहादुर घलेको सयोजकत्वमा समिति निमार्णगरी यस वर्ष पनि घले ल्होसार भब्यता पुर्वक मनाउने भएको हो । जापानमा करिब एक हजार घलेहरु बिभिन्न पेशा तथा ब्यबसाय गरी रहेको अनुमान रहेको छ ।

स्थान-: रोधी क्लब टोकियो, सिनओकुबु

समय :- बेलुकी ५:००बजे देखी ११:०० बजे सम्म

मिती:- २०१९ जनवरी १३ आईतवार

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago