काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मानव तस्करीको आरोपमा स्पष्टीकरण दिन काठमाडौं तानिएकी राजदूत शेर्पालाई बर्खास्त गरेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय विहीबार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।
उनका चालकका रूपमा अस्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले मानव तस्करीको अभियोग लगाउँदै शेर्पालाई विवादमा तानेका थिए । उनी अघिल्लो सरकारका पालामा तत्कालिन नेकपा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएकी थिइन् ।
परराष्ट्र मन्त्रालयमा शेर्पाले दिएको स्पष्टीकरण चित्त नबुझेपछि बर्खास्तका लागि प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगिएको थियो ।यस्तै, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि सरकारले बर्खास्त गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…