अष्ट्रेलिया ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

२०७६, २९ असार आईतवार १८:५१

एजेन्सी, असार २९ । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पले हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु बनाएर आएको अधिकारीहरुले जनाएका छन्।

Graphic shows large earthquake logo over broken earth and Richter scale reading

सो भूकम्पले ठूलो क्षेत्रमा प्रभाव पारेको छ भने, घाइते तथा क्षतिको विवरण आउन बाँकी रहेको अधिकारीहरुले जानकारी दिए । भूकम्पपछिको आँधीको भने कुनै खतरा नरहेको अमेरिकी भूगर्भ मापन केन्द्रले जनाएको छ ।

सो भूकम्पले लगभग एक मिनेटसम्म घरहरु हल्लाए पनि कुनै क्षतिको विवरण प्राप्त नभएको ब्रुम प्रहरी विभागले जानकारी दिए । –एएफपी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु