एजेन्सी, असार २९ । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पले हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु बनाएर आएको अधिकारीहरुले जनाएका छन्।
सो भूकम्पले ठूलो क्षेत्रमा प्रभाव पारेको छ भने, घाइते तथा क्षतिको विवरण आउन बाँकी रहेको अधिकारीहरुले जानकारी दिए । भूकम्पपछिको आँधीको भने कुनै खतरा नरहेको अमेरिकी भूगर्भ मापन केन्द्रले जनाएको छ ।
सो भूकम्पले लगभग एक मिनेटसम्म घरहरु हल्लाए पनि कुनै क्षतिको विवरण प्राप्त नभएको ब्रुम प्रहरी विभागले जानकारी दिए । –एएफपी
Comments