एनआरएनए जापान र विप्स ल एसोसिएट्सबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा सम्झौता

टोकियो । गैरआवासीय नेपाली संगठन  (एनआरएनए) जापान र विप्स ल एसोसिएट्स प्रालि काठमाडौंबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा जापान गएका नेपालीलाई नेपालमा आइपर्ने कानुनी समस्याको समाधान र नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा कम्पनीले कानुनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

सम्झौतामा एनआरएनए जापानका तर्फबाट अध्यक्ष टासी वाङ्दी लामा र विप्स ल एसोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले हस्ताक्षर गरेका छन् ।नेपालमा लगानीका गर्न चाहने जापानिज लगानीकर्तालाई समेत कम्पनीले उचित कानुनी परामर्श दिने बताइएको छ । एनआरएनए जापानको सिफारिसमा जापानबासी नेपालीले टेलिफोन र इमेलबाटै कानुनी परामर्श लिन सक्ने विप्स ल का सञ्चालक सन्तोष तिवारीले बताए ।

विप्स ल एसोसिएट्सले कानुनी परामर्शका लागि एउटा छुट्टै डेस्कको व्यवस्थापन गर्ने समेत सम्झौतामा उल्लेख छ । सम्झौताले नेपालमा लगानीको अवसर खोजेर बसेका गैरआवासीय नेपालीलाई फाइदा पुग्ने विश्वास गरेको सञ्चालक तिवारीले बताए । सम्पर्कको विप्स ल एसोसिएट्स इमेल wips.trademark@gmail.com तथा एनआरएनए जापानमार्फ़त सम्पर्क गर्न समेत सकिने जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago