टोकियो । गैरआवासीय नेपाली संगठन (एनआरएनए) जापान र विप्स ल एसोसिएट्स प्रालि काठमाडौंबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा जापान गएका नेपालीलाई नेपालमा आइपर्ने कानुनी समस्याको समाधान र नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा कम्पनीले कानुनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतामा एनआरएनए जापानका तर्फबाट अध्यक्ष टासी वाङ्दी लामा र विप्स ल एसोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले हस्ताक्षर गरेका छन् ।नेपालमा लगानीका गर्न चाहने जापानिज लगानीकर्तालाई समेत कम्पनीले उचित कानुनी परामर्श दिने बताइएको छ । एनआरएनए जापानको सिफारिसमा जापानबासी नेपालीले टेलिफोन र इमेलबाटै कानुनी परामर्श लिन सक्ने विप्स ल का सञ्चालक सन्तोष तिवारीले बताए ।
विप्स ल एसोसिएट्सले कानुनी परामर्शका लागि एउटा छुट्टै डेस्कको व्यवस्थापन गर्ने समेत सम्झौतामा उल्लेख छ । सम्झौताले नेपालमा लगानीको अवसर खोजेर बसेका गैरआवासीय नेपालीलाई फाइदा पुग्ने विश्वास गरेको सञ्चालक तिवारीले बताए । सम्पर्कको विप्स ल एसोसिएट्स इमेल wips.trademark@gmail.com तथा एनआरएनए जापानमार्फ़त सम्पर्क गर्न समेत सकिने जनाएको छ ।
फुङ्लिङ (ताप्लेजुङ), वैशाख ९ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा बोलेरो गाडीमा भएको आगलागीमा परी…
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…