युवा सामाजिक अभियानमा ,जाडोमा न्यानो अभियान संगै अस्पतालका बिरामीलाई रक्तदान सम्म ।

पाल्पा भबिन्द्र गौतम पौष २३ । तपाईहरु उपचारको लागि रगतको खोजीमा हुनुहुन्छ ? असाहाय तथा बिपन्नको लागी सहयोगको अपेक्षा गर्नुभएको छ ? अथवा सामुदायिक बिद्यालयका बाल्बालिका लाई न्यानो कपडा दाताको खोजीमा हुनुहुन्छ ? यदि यी सबै समस्या समाधानको खोजिमा हुनुहुन्छ भने ५० हजार भन्दा धेरै युवा आबद्ध भएको सामाजिक संजाल फेसबुकको ग्रुप नेपालिज ब्रदर रुम लाई सम्झन सक्नुहुन्छ । 

तानसेनका केही युवाहरूले सुरुवात गरेको यो सामाजिक अभियान अहिले देश तथा बिदेशसम्म फैलिएको छ । Nepalese  Brother Room (NBR) ग्रुपका सदस्य आफै निस्वार्थ रुपमा अगाडी सरि यस अघि पनि विभिन्न किसिमका सहयोग गर्दै आएको यो ग्रुपले जटिल रोग लागेका बिरामीको उपचार, बाढी पहिरोले गासबास गुमाएका परिवारलाई राहत स्वरुप खाद्यान्न, आगोलागी बाट धनजन गुमाएका परिवार लाई सहयोग लागाएतका अनेकौं सामाजिक कार्य  गरिराखेको अभियन्ता एबम ग्रुपका एड्मिन बिक्रम कुवर बताउछन । रगतको अभाबमा कसैको उपचार नरोकियोस भन्दै अस्पतालमा उपचार गर्न आउने बिरामी को लागि रगत आवश्यक परेमा दाता जुटाइदिने काम पनि उनिहरुले गरेका छन ।

तानसेन तथा बर्दघाटमा न्यानो कपडा बाड्दै गर्दा टिकापुरमा रक्तदान जाडोमौसम सुरु भएसगै न्यानो बाँडौ खुशी साटौँ अभियान सुरु गरेको नेप्लिज ब्रर्दश रुम एन बि आर पाल्पाले तानसेन नगरपालिका ११ को गार्गी माध्यमिक विद्यालयमा न्यानो कपडाका साथै जुत्ता मोजा र शैक्षिक सामग्री वितरण गरेको छ । एन बि आर पाल्पाले शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययन गर्ने अति विपन्न तथा बुबा आमा गुमाएका ४५ जना विधार्थीलाई सहयोग गरेको हो । विद्यार्थीको अध्ययनमा टेवा पुर्याउने साथै विपन्न बाल बालिकाका लागी चिसोबाट बच्न सहज होस भन्ने उद्धेश्यले सहयोग वितरण गरेको एन बि आर अभियन्ता एड्मिन चुरामणी पोखरेलले बताए । 

देशका ७७ जिल्ला सहित विदेशमा समेत आफ्नो अभियानलाई सार्थक बनाउनका लागि सहयोग र सामाजिक कार्य गर्दै आएको अर्का अभियन्ता एड्मिन युबराज दर्लामी बताउछन । यसैगरी NBR बुटवलको आयोजनामा नवलपरासि जिल्लाको वर्दघाट नगरपालिका – ३, कर्मैया स्थीत ज्ञानोदय प्रा. वि. मा अध्ययनरत ११ जना अनाथ बालबालिकाहरुको लागी पनि न्यानो कपडा वितरण गरेको अर्का सामाजिक अभियान्ता सुदर्शन पाण्डे बताउछन । स्थानीय जनप्रतिनिधिको रोहबरमा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार, शिक्षक-शिक्षिका, स्थानीयवासी, बिध्यार्थीका अभिभावक, NBR का सदस्य लगायत सन्चारकर्मिहरुको समेत उल्लेख्य उपस्थितिमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ । 

यता न्यानो अभियान चलाउदैगर्दा टिकापुरको कैलालीमा रक्तदान कार्यक्रम सप्पन्न भएको छ । NBR का सदस्यहरु बाट रेडक्रस कैलालिको सहकार्यमा २७ पिन्ट विभिन्न ग्रुपको रगत सन्कलन गरि रेडक्रस सोसाईटीको ब्लडबैंक टिकापुरलाई बुझाएको एनबिआर सदस्य शिव थापाले जानकारी दिए । सामुदायिक उत्तरदायित्वको यो अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्दै एनबिआर ग्रुपका सदस्य अनुरोध गर्दै भन्छन “सहकार्यमा एकता हाम्रो लक्ष्य हो”

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago