युवा सामाजिक अभियानमा ,जाडोमा न्यानो अभियान संगै अस्पतालका बिरामीलाई रक्तदान सम्म ।

पाल्पा भबिन्द्र गौतम पौष २३ । तपाईहरु उपचारको लागि रगतको खोजीमा हुनुहुन्छ ? असाहाय तथा बिपन्नको लागी सहयोगको अपेक्षा गर्नुभएको छ ? अथवा सामुदायिक बिद्यालयका बाल्बालिका लाई न्यानो कपडा दाताको खोजीमा हुनुहुन्छ ? यदि यी सबै समस्या समाधानको खोजिमा हुनुहुन्छ भने ५० हजार भन्दा धेरै युवा आबद्ध भएको सामाजिक संजाल फेसबुकको ग्रुप नेपालिज ब्रदर रुम लाई सम्झन सक्नुहुन्छ । 

तानसेनका केही युवाहरूले सुरुवात गरेको यो सामाजिक अभियान अहिले देश तथा बिदेशसम्म फैलिएको छ । Nepalese  Brother Room (NBR) ग्रुपका सदस्य आफै निस्वार्थ रुपमा अगाडी सरि यस अघि पनि विभिन्न किसिमका सहयोग गर्दै आएको यो ग्रुपले जटिल रोग लागेका बिरामीको उपचार, बाढी पहिरोले गासबास गुमाएका परिवारलाई राहत स्वरुप खाद्यान्न, आगोलागी बाट धनजन गुमाएका परिवार लाई सहयोग लागाएतका अनेकौं सामाजिक कार्य  गरिराखेको अभियन्ता एबम ग्रुपका एड्मिन बिक्रम कुवर बताउछन । रगतको अभाबमा कसैको उपचार नरोकियोस भन्दै अस्पतालमा उपचार गर्न आउने बिरामी को लागि रगत आवश्यक परेमा दाता जुटाइदिने काम पनि उनिहरुले गरेका छन ।

तानसेन तथा बर्दघाटमा न्यानो कपडा बाड्दै गर्दा टिकापुरमा रक्तदान जाडोमौसम सुरु भएसगै न्यानो बाँडौ खुशी साटौँ अभियान सुरु गरेको नेप्लिज ब्रर्दश रुम एन बि आर पाल्पाले तानसेन नगरपालिका ११ को गार्गी माध्यमिक विद्यालयमा न्यानो कपडाका साथै जुत्ता मोजा र शैक्षिक सामग्री वितरण गरेको छ । एन बि आर पाल्पाले शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययन गर्ने अति विपन्न तथा बुबा आमा गुमाएका ४५ जना विधार्थीलाई सहयोग गरेको हो । विद्यार्थीको अध्ययनमा टेवा पुर्याउने साथै विपन्न बाल बालिकाका लागी चिसोबाट बच्न सहज होस भन्ने उद्धेश्यले सहयोग वितरण गरेको एन बि आर अभियन्ता एड्मिन चुरामणी पोखरेलले बताए । 

देशका ७७ जिल्ला सहित विदेशमा समेत आफ्नो अभियानलाई सार्थक बनाउनका लागि सहयोग र सामाजिक कार्य गर्दै आएको अर्का अभियन्ता एड्मिन युबराज दर्लामी बताउछन । यसैगरी NBR बुटवलको आयोजनामा नवलपरासि जिल्लाको वर्दघाट नगरपालिका – ३, कर्मैया स्थीत ज्ञानोदय प्रा. वि. मा अध्ययनरत ११ जना अनाथ बालबालिकाहरुको लागी पनि न्यानो कपडा वितरण गरेको अर्का सामाजिक अभियान्ता सुदर्शन पाण्डे बताउछन । स्थानीय जनप्रतिनिधिको रोहबरमा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार, शिक्षक-शिक्षिका, स्थानीयवासी, बिध्यार्थीका अभिभावक, NBR का सदस्य लगायत सन्चारकर्मिहरुको समेत उल्लेख्य उपस्थितिमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ । 

यता न्यानो अभियान चलाउदैगर्दा टिकापुरको कैलालीमा रक्तदान कार्यक्रम सप्पन्न भएको छ । NBR का सदस्यहरु बाट रेडक्रस कैलालिको सहकार्यमा २७ पिन्ट विभिन्न ग्रुपको रगत सन्कलन गरि रेडक्रस सोसाईटीको ब्लडबैंक टिकापुरलाई बुझाएको एनबिआर सदस्य शिव थापाले जानकारी दिए । सामुदायिक उत्तरदायित्वको यो अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्दै एनबिआर ग्रुपका सदस्य अनुरोध गर्दै भन्छन “सहकार्यमा एकता हाम्रो लक्ष्य हो”

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago