जापान । पुराना गायक एवं कलाकार रत्न बाँनिया यति वेला दुवै मृगौला फेल भएर अस्पतालको शैंयामा छन् । उपचार गराउदा -गराउदा उनको आर्थिक अवस्था नाजुक भैसकेको छ। कर्णप्रिय गीतहरु लडाईको लाहुरे, जिन्दगी के छ र , पानमा सुपारी, मुटु जलाई – जलाई जस्ता सयौ गीत गाएका अग्रज गायक/सर्जक रत्न बाँनियाको उपचारको लागि जापानमा रहेका नेपाली समुदाय वाट आर्थिक संकलनको अभियान चलाईएको छ। यस अभियानको संयोजन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाले गरेको छ। यस्तो आपत – विपत सवैलाई पर्न सक्ने भन्दै सवैमा यथासक्दो सहयोग गरिदिनु हुन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाका अध्यक्ष सुर्य खड्काले अनुरोध गरेका छन्।
आर्थिक सहयोग रकम カトカ スリヤ バハトウル Khadka surya bahadur नामको १००००-०००५४९३१ खातामा जम्मा गर्न सकिने वताईएको छ। जापानमा नेपालीहरु विच इन्टरनेट मार्फत सामाजिक संजालमा गायक/ सर्जक रत्न बाँनिया सहयोग अभियान नामको ग्रुप संचालन गरि आर्थिक सहयोग संकलन लाई तिव्रता दिईएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…