दुवै मृगौला फेल भएका कलाकार एवं गायक रत्न बाँनियाको उपचार खर्च जुटाउन जापानमा अभियानमा सहयोग गर्न आग्रह ।

जापान । पुराना गायक एवं कलाकार रत्न बाँनिया यति वेला दुवै मृगौला फेल भएर अस्पतालको शैंयामा छन् । उपचार गराउदा -गराउदा  उनको आर्थिक अवस्था नाजुक भैसकेको छ। कर्णप्रिय गीतहरु लडाईको लाहुरे, जिन्दगी के छ र , पानमा सुपारी, मुटु जलाई – जलाई जस्ता सयौ गीत  गाएका अग्रज गायक/सर्जक रत्न बाँनियाको उपचारको लागि जापानमा रहेका नेपाली समुदाय वाट आर्थिक संकलनको अभियान चलाईएको छ। यस अभियानको संयोजन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाले गरेको छ। यस्तो आपत – विपत सवैलाई पर्न सक्ने भन्दै सवैमा यथासक्दो सहयोग गरिदिनु हुन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाका अध्यक्ष  सुर्य खड्काले अनुरोध गरेका छन्। 

आर्थिक सहयोग रकम カトカ スリヤ バハトウル Khadka surya bahadur नामको १००००-०००५४९३१ खातामा जम्मा गर्न सकिने वताईएको छ। जापानमा नेपालीहरु विच इन्टरनेट मार्फत सामाजिक संजालमा गायक/ सर्जक रत्न बाँनिया सहयोग अभियान नामको ग्रुप संचालन गरि आर्थिक सहयोग संकलन लाई तिव्रता दिईएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago