प्रमिला बस्नेतले दशैको शुभकामना संगै एनआरएनए आईसीसी महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा ।

जापान अक्टोबर ६ विश्वास आचार्य ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेद्बारी दिने घोषणा गरेकी छिन् । झण्डै २ दशकदेखी क्यानडामा कार्यरत एनआरएनए एनसीसी क्यानडाकी महिला संयोजक समेत रहेकी बस्नेतले आगामी कार्यकालको लागि महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गरेकी हुन् ।

उनले आफु एनआरएन ‘मुभमेन्ट’ मा लागेको मात्र डेढ दशक भएको बताउँदै अब विश्व व्यापीरुपमा लाग्न महिला संयोजकको पदमा उम्मेद्वारी दिने निर्णय गरि सोही अनुरुपको तयारीमा जुटेको बताएकी छन् । विश्वभर छरिएर रहेका सबै प्रवासी नेपाली महिलाहरुलाई एनआरएनएप्रतिको अपनवत्व जगाउँदै थप सक्रिय, उर्जाशील र जिम्मेवार बनाउने योजनामा आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता सहित वस्नेतले उम्मेद्वारी घोषणा गरेकी हुन् ।

आईसीसी महिला संयोजकमा प्रमिलाकाे उम्मेदवारीको आधार यस्ता छन् :- 

१ :- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको स्थापना सगै सकृय रहदै महिला संयोजक हुदै आइसीसी सदस्यमा समेत काम गरिसकेको ।  

२ :- क्यानडामा नेपाली समुदायको मन्दिर स्थापना देखि हरेक नेपालीको समस्या समाधानमा सक्रिय हुदै अाहीरहेको ।  

३ :- पटक पटक विदेशमा बिचल्ली भएको महिलाहरुको उद्धारका लागि ठूला भुमिका निभायको ।  

४ :- महिलाहरुको पक्षमा बिषेशगरी गहन रुपमा आवाज उठाउदै आएको ।  

५ :- नेपालमा पनि गरिव असाय तथा विभिन्न संघसंसंथाहरुलाई सहयोग पुर्‍याउदै आयको ।  

६ :- नेपालमा रहँदा सरकारी विद्यालयमा १२ बर्ष शिक्षण पेशामा संलग्न रहँदै बलकोट विकास समाज भक्तपुरमा महिलाहरुलाई आयआर्जन र सीप विकास सिलाईबुनाई कार्यक्रम सञ्चालन गरेर सफल गराएको अनुभब ।  

७ :- सन् १९९२–१९९७ सम्म नेपाल जर्मन स्वयमसेवक आवतजावत भ्रमण कार्यक्रम सञ्चालन गरी सफल परेको ।  

किन अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा प्रमिला ?

१ :- बैदेशिक रोजगारमा नेपाली महिला र पुरुष कामदारहरु ले कस्ता खाल्को जटिल बर्तमान समस्याहरु भोग्नु परेको छ / त्यस विषयमा एन आर एन ए र नेपाल सरकारको दुइ पक्षीय रुपमा अध्ययन गराई, प्राप्त प्रतिबेदन बास्तबिक नतिजा निष्कर्षमा पुर्‍याई समस्याको समाधानका उपायहरू पत्ता लगाउन ।  

२ :- मध्यपूर्वका विभिन्न खाडी मुलुकहरुमा महिलाहरु विविध समस्यामा परेका घरेलु कामदार नेपाली महिला दिदि-बहिनीको गुनासो र समस्याहरुको तत्काल समाधान गर्नका लागि । महिला दिदि बहिनिहरुलाई श्रमस्बिकृती दिन सम्बन्धित निकायमा पहल गर्नका लागि ।

३ :- महिला दिदिबहिनीहरुलाई स्वदेश फर्काउन सम्बन्धित सबैलाई अनुरोध गर्दै विशेषगरी महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान हरुको र ब्यबसायीहरुको साझा संस्था बनाउने र प्रबासमा बस्ने नेपालीहरुको र नेपालको समुन्नतिको अभियान अगाडी बढाउन, महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान र ब्यबसायीहरुको विशिष्टीकृत क्षमतालाई संथागत गराउने प्रयन्त गर्न लागि । 

४ :- प्रबासमा रहेका नेपाली महिलाहरुको बर्तमानको बिबिध क्षमतालाई गैर्ह आवासीय नेपाली संघको संस्थागत माध्यमबाट नेपालका महिलाहरुको उत्थान गराउने प्रयन्त गर्न लागि,

५ :- गैर्ह आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको आपसी सम्बन्ध सुत्र, एकता र समुन्नतको अझ मजबुद मध्यम बनाउने प्रयन्त गर्न लागि,

६ :- गैर्ह आवासीय नेपाली संघलाई अन्तर रास्ट्रिय स्तरमा आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिला हरुको पनि विशिष्ट योगदान हुन् सक्छ छ भन्ने प्रस्ट पार्ने प्रयन्त गर्न लागि ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago