पौडेलको उपचारको लागि जापानदेखी सहयोग रकम पठाईयो , गोविन्द क्षेत्री सामाजिक सेवामा सक्रिय ।

जापान अक्टोबर ६ विश्वास आचार्य(श्रीमान)। वरेङ गाउपालिका -३ वाटाकाचौर निवासी दुवै मृगौला पिडित विष्णु प्रसाद पौडेलको लागी जापानदेखी  रु २,४२,०१०।- अक्षरुपी दुई लाख बयालिस हजार दश रुपैया संकलन गरेर अभियान्ता गोविन्द क्षेत्रीले समाजसेवी केशर गिरीको हातमा हस्तान्तरण गरी नेपाल पठाइएको छ ।

पौडेल विगत १२ बर्षदेखि जीवन र मृत्युसंग लड्दैआइरहनु भएको छ । उपचारको समय लामो भएकोले पौडेलको अर्थिक अवस्था कम्जोर बन्दै गएकोले उहाँलाई थप उपचारको लागि आर्थिक सहयोग गरिदिनुहुन परिवार बाट अनुरोध भएको हुँदा सामाजिक सेवामा लागि पर्नु भएका गोविन्द क्षेत्रीले सहयोग संकलन चलायको बताउनु भयो ।

 

पौडेल को उपचारको लागि सहयोग रकम संकलन अभियान  चलायका अभियान्ता गोविन्द क्षेत्री नेपालमा रहदा शिक्षक पेशामा रही बिभिन्न एफ.एम रेडियो मा सूचना समाचारको रिपोटिङ को काम गर्दै हाल जापानमा काम को शिलसिलामा कुक पेशा रही यस्ता धेरै सामाजिक अभियान सम्पन्न गरिस्क्नु भएकोले यो अभियान पनि सफल भएको बताउदै अभियन्ता क्षेत्रीले सहयोग गर्ने सम्पुर्ण सहयोगीदातालाई धन्यावाद दिनु हुदै निरन्तर रुपमा आफु सामाजिक कार्यमा नै लागीरहने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago