पौडेलको उपचारको लागि जापानदेखी सहयोग रकम पठाईयो , गोविन्द क्षेत्री सामाजिक सेवामा सक्रिय ।

जापान अक्टोबर ६ विश्वास आचार्य(श्रीमान)। वरेङ गाउपालिका -३ वाटाकाचौर निवासी दुवै मृगौला पिडित विष्णु प्रसाद पौडेलको लागी जापानदेखी  रु २,४२,०१०।- अक्षरुपी दुई लाख बयालिस हजार दश रुपैया संकलन गरेर अभियान्ता गोविन्द क्षेत्रीले समाजसेवी केशर गिरीको हातमा हस्तान्तरण गरी नेपाल पठाइएको छ ।

पौडेल विगत १२ बर्षदेखि जीवन र मृत्युसंग लड्दैआइरहनु भएको छ । उपचारको समय लामो भएकोले पौडेलको अर्थिक अवस्था कम्जोर बन्दै गएकोले उहाँलाई थप उपचारको लागि आर्थिक सहयोग गरिदिनुहुन परिवार बाट अनुरोध भएको हुँदा सामाजिक सेवामा लागि पर्नु भएका गोविन्द क्षेत्रीले सहयोग संकलन चलायको बताउनु भयो ।

 

पौडेल को उपचारको लागि सहयोग रकम संकलन अभियान  चलायका अभियान्ता गोविन्द क्षेत्री नेपालमा रहदा शिक्षक पेशामा रही बिभिन्न एफ.एम रेडियो मा सूचना समाचारको रिपोटिङ को काम गर्दै हाल जापानमा काम को शिलसिलामा कुक पेशा रही यस्ता धेरै सामाजिक अभियान सम्पन्न गरिस्क्नु भएकोले यो अभियान पनि सफल भएको बताउदै अभियन्ता क्षेत्रीले सहयोग गर्ने सम्पुर्ण सहयोगीदातालाई धन्यावाद दिनु हुदै निरन्तर रुपमा आफु सामाजिक कार्यमा नै लागीरहने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago