सेप्टेम्बर,०६ टोकियो ।गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नवौँ अधिवेशनको अवसरमा जापानमा क्रियाशिल संचारकर्मीहरूलाई विशेष सम्मान गरिएको छ । अधिवेशन उदघाटनको अवसरमा जापानमा सक्रिय पत्रकारिता गर्ने नेपालन्युजपोस्ट डटकमका सम्पादक राजन गौतम् तथा नेपालजापानडटकमका सम्पादक आनन्द कोईरालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट र एनआरएनए जापानका अध्यक्ष टासी लामाले पत्रकार द्वयलाई सम्मान गर्नु भएको थियो। वहाँहरुलाई संचारको माध्यमबाट एनआरएनए गतिविधिहरु आम जनमानससम्म पुर्याउन र एनआरएनएका गतिविधिहरुलाई पारदर्शी तथा प्रभावकारी बनाउन गरिएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
सोही अवसरमा एनआरएनए जापानमा उत्कृष्ठ कार्य गरेको भन्दै कार्यसमिति सदस्य श्रृजना पाण्डे, कान्तो क्षेत्रका निवर्तमान संयोजक नवीन निउरे र क्युसु क्षेत्रिय संयोजक लक्ष्मण बानियाँलाई सम्मान गरिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…