सेप्टेम्बर,०६ टोकियो ।गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नवौँ अधिवेशनको अवसरमा जापानमा क्रियाशिल संचारकर्मीहरूलाई विशेष सम्मान गरिएको छ । अधिवेशन उदघाटनको अवसरमा जापानमा सक्रिय पत्रकारिता गर्ने नेपालन्युजपोस्ट डटकमका सम्पादक राजन गौतम् तथा नेपालजापानडटकमका सम्पादक आनन्द कोईरालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट र एनआरएनए जापानका अध्यक्ष टासी लामाले पत्रकार द्वयलाई सम्मान गर्नु भएको थियो। वहाँहरुलाई संचारको माध्यमबाट एनआरएनए गतिविधिहरु आम जनमानससम्म पुर्याउन र एनआरएनएका गतिविधिहरुलाई पारदर्शी तथा प्रभावकारी बनाउन गरिएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
सोही अवसरमा एनआरएनए जापानमा उत्कृष्ठ कार्य गरेको भन्दै कार्यसमिति सदस्य श्रृजना पाण्डे, कान्तो क्षेत्रका निवर्तमान संयोजक नवीन निउरे र क्युसु क्षेत्रिय संयोजक लक्ष्मण बानियाँलाई सम्मान गरिएको थियो ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…