जापानमा रहेका नेपाली विज्ञहरुको प्रारम्भिक नामावली प्रतिवेदन हस्तान्तरण

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सुरु गरेको जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य अन्र्तगतको पहिलो चरणको नामावली हस्तान्तरण गरिएको छ।

नामावली संकलन कार्यका संयोजक आनन्द कोइरालाले विभिन्न श्रोत र माध्यमबाट संकलित नामहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानलाई हस्तान्तरण गरेका हुन। सोमबार एक समारोहका बीच पत्रकार कोइरालाले एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, उपाध्यक्षद्धय शिवप्रसाद पौडेल र अनिता लामा, कोषाध्यक्ष कालिका थापा समेतको सहभागितामा हस्तान्तरण गरेका हुन।

प्रतिवेदनमा जापानमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली विषय विज्ञहरुको नामावलीलाई सहभागिताको आधारमा लिपिवद्ध गरि प्रारम्भिक नामावली राखिएको छ। एनआरएनए आईसीसीले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न विदेशमा रहेका नेपालीहरुलाई एकिकृत गर्ने योजनामा यस प्रतिवेदनले टेवा पुर्याउने अपेक्षा गरिएको छ।

एनसीसी जापानले यसरी संकलन भएको नामावलीलाई नेपाली राजदूतावास तथा एनआरएनए आईसीसीलाई हस्तान्तरण गर्ने जनाएको छ।

समारोहमा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष पुस्करजंघ थापा, पूर्व प्रवक्ता सुरेश गिरी लगायतको उपस्थिति रहेको थियो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago