स्याङ्ग्जा समाज जापानले तीज धमाका २०१९ गर्ने भएकोछ ।

नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ तीज कार्यक्रम गर्ने भएको छ । 

कार्यक्रम नागोयामा नागोया स्थित नागोया  कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो  स्थित  होकुतोपिया चुचुजी हलमा साँझ ६ :००  देखी २२:०० बजे सम्म हुने भएको छ ।  

बिगत केही बर्ष यता जापानको बिभिन्न  शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन  प्रदान गर्दै अाईरहेका यस समाजले यस बर्ष पनि  जापानबासी नेपाली समुदायहरुको तीजको  प्यास मेटाउनको लागि  नेपाली लोकदोहोरी क्षेत्रका  बरिष्ठ सर्जक तथा लोक दोहोरी गायक शिव हमाल र चर्चित लोक दोहोरी गयिका शान्ता परियार जापान आउने भएको छ । साथै नागोयाको लागि भने जापान मै कर्म थलो बनाएका मिठो स्वको धनी  चर्चित लोक दोहोरी गायक  सुर्य खड्काको पनि थप प्रस्तुती  रहने छ ।  

समाजले  यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई अाकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध  आपत बिपतमा  परेकाहरुको उद्दारको  लागि  “आपतकालीन राहत कोष  स्वरुप “ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी  नेपालीहरुलाई  आफुलाई पाहेक पर्ने ठाउँ गई मनोरन्जन लिनु हुनको  लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

स्याङ्ग्जा समाज जापानले तीज धमाका २०१९ गर्ने भएकोछ ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago