दैनिक ५० पैसा संकलन गरी २६ जना सदस्यबाट २०४८भाद्र ५ गते नवलपरासी जिल्लाको गैंडाकोटमा स्थापना भएको विकु बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था हो । “हाम्रो लक्ष ,खुशी एबं स्वास्थ सदस्य “भन्ने मुल आदर्शका साथ आफ्ना सम्पुर्ण कार्यक्रमहरुलाई अगाडि बढाएको यस साकोसले गत बर्ष स्वस्थ साक्षरतालाई जोड दिएर काम गरेको थियो ।सुरुवाती अबस्था देखी पहिला बचत अनि ऋणलाई जोड दिएर काम गरेको संस्थाले हाल सदस्यलाई विभिन्न सिपमुलक तालीम प्रदान गर्दै सदस्य स्वरोजगारको क्षेत्रमा बिशेष जोड दिएको छ ।सदस्यलाई कमाउने र बचत गर्ने बाताबरण सिर्जना गरीदिएमा ,सदस्य सक्षम भएको खण्डमा स्वभाबिक रुपमा बचत र ऋणको क्रियाकलाप बढ्ने र सदस्य अनि संस्थाको हित हुनेमा संस्थाले विस्वास लिएको छ ।
संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटाले “बित्तीय साक्षरता संगै स्वास्थ साक्षरता एबं प्राबिधिक साक्षरताको क्षेत्रमा पनि हामी कार्य संचालनमा ल्याएका छौं “।एस .ई.ई. दिदै गरेका हाम्रा सदस्यका सन्ततिका निमित्त पैसाका अभावमा प्राबिधिक शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने हेतुले शैक्षिक ऋण अन्तर्गत नयाँ ऋण ल्याएको बताउनु भयो । नेपालमा प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिमको महत्व बढ्दै गरेको छ ।प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिमले रोजगारको अबसर सिर्जना गर्नुका साथै सिर्जनशील समेत बन्न मद्धत गरेको छ ।बढ्दो बेरोजगारीका साथ युवाहरूको आकर्षण पनि व्यावसायिक शिक्षा तर्फ बढ्दै गएको पाइन्छ ।बर्षेनी न्युनतम २५० सदस्यलाई सिपमुलक तालीम प्रदान गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो ।सदस्यले सिकेको सिपलाई ब्यबहारिक ज्ञानको रुपमा अगाडि बढाउन सके सदस्यको जिबनस्तर बढाउन सकिने अध्यक्ष सापकोटाले बताउनुभयो ।दैनिक १५ सय देखि २ हजारको हाराहारीमा मुलुक बाहिर बाहिरीने युवा जनशक्तिलाई मध्यनजर गर्दा पनि प्राबिधिक शिक्षालाई समेटी अत्यन्तै सहज ढंगबाट प्राबिधिक शैक्षिक कर्जा प्रदान गरीएको संस्थाका प्रमुख अधिकृत माधब प्रसाद पौडेलले जानकारी दिनुभयो ।
सदस्यको छोराछोरीले लिन चाहेको प्राबिधिक शिक्षाको लाग्ने खर्चको विवरण सम्बन्धित शिक्षालयले पठाएपछी सोही विवरणलाई आधार मानी विद्यार्थीको शैक्षिक प्रमाणपत्र धितो राखी बिना आम्दानी स्रोत २लाख सम्म ५ बर्ष अबधि सम्मका लागी आयमुलक ऋण सरहनै ब्याजदर निर्धारण गरी प्रदान गरीने प्रमुख अधिकृत पौडेलले बताउनुभयो ।२लाख भन्दा बढी खर्च लाग्ने बिद्यार्थीको हकमा भने सामान्य धितो राखेर आबस्यक ऋण प्राप्त गर्न सक्नेछन् ।प्राबिधिक शिक्षा हाशिल गर्न चाहने ,संस्थाको कार्यक्षेत्र भित्रका सदस्यका सन्ततिहरुका निमित्त यो सेवा उपलब्ध गराइएको हो ।अन्य शिक्षा लिन चाहने विद्यार्थीका निमित्त शैक्षिक कर्जा प्रदान गर्दै आएको पौडेलले बताउनुभयो । नेपालकै सहकारी अभियानलाई टेवा पुर्याउने उदेश्यका साथ विकुले विशेष कार्यक्रमहरु सम्पादन गर्न सकेका छौं ।
नेपालकै सहकारी अभियानमा ए.टि.एम. सेवा शुभारम्भ गर्नु ,सदस्य स्वास्थ बिमा कार्यक्रमको संचालन ,सदस्य सर्बेक्षण एबं बहुआयामिक गरीबी मापन ,संस्थाको प्रभाव बिश्लेषण ,बित्तिय साक्षरता सम्बन्धि कक्षाहरु संचालन , स्कुल स्कुलमा विकु ,युवा संग विकु ,जेष्ठ सदस्यका लागी आफ्नै सहाराको लठ्ठी विकुले उपलब्ध गराउदै आएको छ
काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…
काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…
जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…
प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…
काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…