विकु बचत तथा ऋण सहकारी संस्थाले एस.ई.ई .दिएका विद्यार्थीलाई लक्षीत गरी शैक्षिक कर्जा प्रदान गर्ने

 गोविन्द लामिछाने ,गैंडाकोट चैत्र ११

दैनिक ५० पैसा संकलन गरी २६ जना सदस्यबाट २०४८भाद्र ५ गते नवलपरासी जिल्लाको गैंडाकोटमा स्थापना भएको विकु बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था हो । “हाम्रो लक्ष ,खुशी एबं स्वास्थ सदस्य “भन्ने मुल आदर्शका साथ आफ्ना सम्पुर्ण कार्यक्रमहरुलाई अगाडि बढाएको यस साकोसले गत बर्ष स्वस्थ साक्षरतालाई जोड दिएर काम गरेको थियो ।सुरुवाती अबस्था देखी पहिला बचत अनि ऋणलाई जोड दिएर काम गरेको संस्थाले हाल सदस्यलाई विभिन्न सिपमुलक तालीम प्रदान गर्दै सदस्य स्वरोजगारको क्षेत्रमा बिशेष जोड दिएको छ ।सदस्यलाई कमाउने र बचत गर्ने बाताबरण सिर्जना गरीदिएमा ,सदस्य सक्षम भएको खण्डमा स्वभाबिक रुपमा बचत र ऋणको क्रियाकलाप बढ्ने र सदस्य अनि संस्थाको हित हुनेमा संस्थाले विस्वास लिएको छ ।

संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटाले “बित्तीय साक्षरता संगै स्वास्थ साक्षरता एबं प्राबिधिक साक्षरताको क्षेत्रमा पनि हामी कार्य संचालनमा ल्याएका छौं “।एस .ई.ई. दिदै गरेका हाम्रा सदस्यका सन्ततिका निमित्त पैसाका अभावमा प्राबिधिक शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने हेतुले शैक्षिक ऋण अन्तर्गत नयाँ ऋण ल्याएको बताउनु भयो । नेपालमा प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिमको महत्व बढ्दै गरेको छ ।प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिमले रोजगारको अबसर सिर्जना गर्नुका साथै सिर्जनशील समेत बन्न मद्धत गरेको छ ।बढ्दो बेरोजगारीका साथ युवाहरूको आकर्षण पनि व्यावसायिक शिक्षा तर्फ बढ्दै गएको पाइन्छ ।बर्षेनी न्युनतम २५० सदस्यलाई सिपमुलक तालीम प्रदान गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो ।सदस्यले सिकेको सिपलाई ब्यबहारिक ज्ञानको रुपमा अगाडि बढाउन सके सदस्यको जिबनस्तर बढाउन सकिने अध्यक्ष सापकोटाले बताउनुभयो ।दैनिक १५ सय देखि २ हजारको हाराहारीमा मुलुक बाहिर बाहिरीने युवा जनशक्तिलाई मध्यनजर गर्दा पनि प्राबिधिक शिक्षालाई समेटी अत्यन्तै सहज ढंगबाट प्राबिधिक शैक्षिक कर्जा प्रदान गरीएको संस्थाका प्रमुख अधिकृत माधब प्रसाद पौडेलले जानकारी दिनुभयो ।

सदस्यको छोराछोरीले लिन चाहेको प्राबिधिक शिक्षाको लाग्ने खर्चको विवरण सम्बन्धित शिक्षालयले पठाएपछी सोही विवरणलाई आधार मानी विद्यार्थीको शैक्षिक प्रमाणपत्र धितो राखी बिना आम्दानी स्रोत २लाख सम्म ५ बर्ष अबधि सम्मका लागी आयमुलक ऋण सरहनै ब्याजदर निर्धारण गरी प्रदान गरीने प्रमुख अधिकृत पौडेलले बताउनुभयो ।२लाख भन्दा बढी खर्च लाग्ने बिद्यार्थीको हकमा भने सामान्य धितो राखेर आबस्यक ऋण प्राप्त गर्न सक्नेछन् ।प्राबिधिक शिक्षा हाशिल गर्न चाहने ,संस्थाको कार्यक्षेत्र भित्रका सदस्यका सन्ततिहरुका निमित्त यो सेवा उपलब्ध गराइएको हो ।अन्य शिक्षा लिन चाहने विद्यार्थीका निमित्त शैक्षिक कर्जा प्रदान गर्दै आएको पौडेलले बताउनुभयो । नेपालकै सहकारी अभियानलाई टेवा पुर्याउने उदेश्यका साथ विकुले विशेष कार्यक्रमहरु सम्पादन गर्न सकेका छौं ।

नेपालकै सहकारी अभियानमा ए.टि.एम. सेवा शुभारम्भ गर्नु ,सदस्य स्वास्थ बिमा कार्यक्रमको संचालन ,सदस्य सर्बेक्षण एबं बहुआयामिक गरीबी मापन ,संस्थाको प्रभाव बिश्लेषण ,बित्तिय साक्षरता सम्बन्धि कक्षाहरु संचालन , स्कुल स्कुलमा विकु ,युवा संग विकु ,जेष्ठ सदस्यका लागी आफ्नै सहाराको लठ्ठी विकुले उपलब्ध गराउदै आएको छ

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago