नेपाली कांग्रेस गैंडाकोट २ को नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा वडा सम्मेलन सम्पन्न ।

गोविन्द लामिछाने ,गैंडाकोट चैत्र ११ ।  दैनिक ५० पैसा संकलन गरी २६ जना सदस्यबाट २०४८भाद्र ५ गते नवलपरासी जिल्लाको गैंडाकोटमा स्थापना भएको विकु बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था हो ।    “हाम्रो लक्ष ,खुशी एबं स्वास्थ सदस्य “भन्ने मुल आदर्शका साथ आफ्ना सम्पुर्ण कार्यक्रमहरुलाई अगाडि बढाएको यस साकोसले गत बर्ष स्वस्थ साक्षरतालाई जोड दिएर काम गरेको थियो ।सुरुवाती अबस्था देखी पहिला बचत अनि ऋणलाई जोड दिएर काम गरेको संस्थाले हाल सदस्यलाई विभिन्न सिपमुलक तालीम प्रदान गर्दै सदस्य स्वरोजगारको क्षेत्रमा बिशेष जोड दिएको छ ।सदस्यलाई कमाउने र बचत गर्ने बाताबरण सिर्जना गरीदिएमा ,सदस्य सक्षम भएको खण्डमा स्वभाबिक रुपमा बचत र ऋणको क्रियाकलाप बढ्ने र सदस्य अनि संस्थाको हित हुनेमा संस्थाले  विस्वास लिएको छ । संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटाले “बित्तीय साक्षरता संगै स्वास्थ साक्षरता एबं  प्राबिधिक साक्षरताको क्षेत्रमा पनि हामी कार्य संचालनमा ल्याएका छौं “।एस .ई.ई. दिदै गरेका हाम्रा सदस्यका सन्ततिका निमित्त पैसाका अभावमा प्राबिधिक शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने हेतुले शैक्षिक ऋण अन्तर्गत नयाँ ऋण ल्याएको बताउनु भयो ।            

नेपालमा प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिमको महत्व बढ्दै गरेको छ ।प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिमले रोजगारको अबसर सिर्जना गर्नुका साथै सिर्जनशील समेत बन्न मद्धत गरेको छ ।बढ्दो बेरोजगारीका साथ युवाहरूको आकर्षण पनि व्यावसायिक शिक्षा तर्फ बढ्दै गएको पाइन्छ ।बर्षेनी न्युनतम २५० सदस्यलाई सिपमुलक तालीम प्रदान गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो ।सदस्यले सिकेको सिपलाई ब्यबहारिक ज्ञानको रुपमा अगाडि बढाउन सके सदस्यको जिबनस्तर बढाउन सकिने अध्यक्ष सापकोटाले बताउनुभयो ।दैनिक १५ सय देखि २ हजारको हाराहारीमा मुलुक बाहिर बाहिरीने युवा जनशक्तिलाई मध्यनजर गर्दा पनि प्राबिधिक शिक्षालाई समेटी अत्यन्तै सहज ढंगबाट प्राबिधिक शैक्षिक कर्जा प्रदान गरीएको संस्थाका प्रमुख अधिकृत माधब प्रसाद पौडेलले जानकारी दिनुभयो ।सदस्यको छोराछोरीले लिन चाहेको प्राबिधिक शिक्षाको लाग्ने खर्चको विवरण सम्बन्धित शिक्षालयले पठाएपछी सोही विवरणलाई आधार मानी विद्यार्थीको शैक्षिक प्रमाणपत्र धितो राखी बिना आम्दानी स्रोत २लाख सम्म ५ बर्ष अबधि सम्मका लागी आयमुलक ऋण सरहनै  ब्याजदर निर्धारण गरी प्रदान गरीने प्रमुख अधिकृत पौडेलले बताउनुभयो ।२लाख भन्दा बढी खर्च लाग्ने बिद्यार्थीको हकमा भने सामान्य धितो राखेर आबस्यक ऋण प्राप्त गर्न सक्नेछन् ।प्राबिधिक शिक्षा हाशिल गर्न चाहने ,संस्थाको कार्यक्षेत्र भित्रका सदस्यका सन्ततिहरुका निमित्त यो सेवा उपलब्ध गराइएको हो ।अन्य शिक्षा लिन चाहने विद्यार्थीका निमित्त शैक्षिक कर्जा प्रदान गर्दै आएको पौडेलले बताउनुभयो ।     

                           

नेपालकै सहकारी अभियानलाई टेवा पुर्याउने उदेश्यका साथ विकुले विशेष कार्यक्रमहरु सम्पादन गर्न सकेका छौं ।नेपालकै सहकारी अभियानमा ए.टि.एम. सेवा शुभारम्भ गर्नु ,सदस्य स्वास्थ बिमा कार्यक्रमको संचालन ,सदस्य सर्बेक्षण एबं बहुआयामिक गरीबी मापन ,संस्थाको प्रभाव बिश्लेषण ,बित्तिय साक्षरता सम्बन्धि कक्षाहरु संचालन , स्कुल स्कुलमा विकु ,युवा संग विकु ,जेष्ठ सदस्यका लागी आफ्नै सहाराको लठ्ठी विकुले उपलब्ध गराउदै आएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago