सफल उपचारपछि निरज स्वदेश फिर्ता , अभियान समापन ।

नारायण प्रभु , असोज- १८ नवलपुर , पुर्वी नवलपरासी कावसोती २ का निरज गौडेल  बोनम्यारोको सफल उपचारपछि स्वदेश फिर्ता भएका छन।बिगत छ महिना देखि उनी बोनम्यारो बाट ग्रसित रहेका थिए।भारतको दिल्ली स्थित गङ्गाराम अस्पतालमा सफल उपचार पछि पुर्ण निको भएर उनी बिहिबार नेपाल फर्केका हुन।

११ वर्षीय निरजको घरको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि देश तथा विदेशबाट सहयोग संकलन गरिएको थियो। उनको उपचारका लागि अहिले सम्म २७ लाख ६० हजार खर्च भएको निरजका बुवा श्रीकृष्ण गौडेलले बताएका छन। यस निरज बचाउ अभियानमा नवलपरासी समाज जापान बाट यादब केशी ज्युको अभियन्तामा ४ लाख २० हजार ५ सय ८६ रुपया सहयोग रकम जापान बाट पनि हस्तान्तरण गरिएको थियो । 

आज उनकै निवासमा भएको निरज बचाउ अभियानको समापन तथा स्वागत कार्यक्रममा बोल्दै उनका बुबाले देश तथा बिदेशबाट सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यबाद दिएका छन।कार्यक्रममा कावासोती २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथी रहेका थिए।पौडेलले बोल्दै कुनै पनि काममा सबै एकजुट भएर लागेमा हरेक समस्यालाई सजिलै समाधान गर्न सकिने बताए।कार्यक्रममा स्थानीय एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम निरज बचाउ अभियानका संयोजक हरि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago