सफल उपचारपछि निरज स्वदेश फिर्ता , अभियान समापन ।

नारायण प्रभु , असोज- १८ नवलपुर , पुर्वी नवलपरासी कावसोती २ का निरज गौडेल  बोनम्यारोको सफल उपचारपछि स्वदेश फिर्ता भएका छन।बिगत छ महिना देखि उनी बोनम्यारो बाट ग्रसित रहेका थिए।भारतको दिल्ली स्थित गङ्गाराम अस्पतालमा सफल उपचार पछि पुर्ण निको भएर उनी बिहिबार नेपाल फर्केका हुन।

११ वर्षीय निरजको घरको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि देश तथा विदेशबाट सहयोग संकलन गरिएको थियो। उनको उपचारका लागि अहिले सम्म २७ लाख ६० हजार खर्च भएको निरजका बुवा श्रीकृष्ण गौडेलले बताएका छन। यस निरज बचाउ अभियानमा नवलपरासी समाज जापान बाट यादब केशी ज्युको अभियन्तामा ४ लाख २० हजार ५ सय ८६ रुपया सहयोग रकम जापान बाट पनि हस्तान्तरण गरिएको थियो । 

आज उनकै निवासमा भएको निरज बचाउ अभियानको समापन तथा स्वागत कार्यक्रममा बोल्दै उनका बुबाले देश तथा बिदेशबाट सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यबाद दिएका छन।कार्यक्रममा कावासोती २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथी रहेका थिए।पौडेलले बोल्दै कुनै पनि काममा सबै एकजुट भएर लागेमा हरेक समस्यालाई सजिलै समाधान गर्न सकिने बताए।कार्यक्रममा स्थानीय एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम निरज बचाउ अभियानका संयोजक हरि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago