टोकियोमा पत्रकारहरुबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न,सहकार्यमा सबैको जोड

जापान , विश्वाश आचार्य । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागीता रहेको थियो ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुषण घिमिरे, पत्रकार महासंघ जापान शाखाका सल्लाहकार वेलुकाजी थापा, पवनवर्षा शाह, पार्षद कृष्ण प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकारहरुले जापानमा रहेका नेपालीहरुको मुख्य विषयहरु, पत्रकारिता गर्दाका चुनौती, समाचार श्रोत र तथ्यगत विषयहरुका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रमुख अतिथि भुषण घिमिरेले समाचार लेख्दा पत्रकार भएर लेख्ने तथा पाठक भएर पढ्ने र सम्पादक भएर पुर्नलेखन गर्ने हो भने समाचारमा भएका धेरै त्रुटि आफैं समाधान हुनेमा जोड़ दिनुभयो ।

महासंघका सल्लाहकार बेलुकाजी थापाले जापानमा रहेका नेपालीहरुका समस्या र चासोका विषयसँगै नेपालमा रहेका नेपालीहरुलाई जापानबारे सूचना र जानकारी दिएर जापानमा रहेका पत्रकारहरुले सुचना केन्द्रको रुपमा काम गर्न सक्ने धारणा राख्नुभयो ।

यसैगरि पार्षद कृष्णप्रसाद भण्डारीले पत्रकारहरुले समाचार लेख्नकै लागि डराउनुपर्ने अवस्था नरहेको भन्दै जापानजस्तो देशमा रहेर तथ्यगत विषय प्रस्तुतीमा कलम 

चलाउन आग्रह गर्नुभयो । पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा सल्लाहकार पवनबर्षा शाहले जापानमा रहेको केही अग्रज व्यक्तिहरुनै समाचारको विषय, तथ्य र श्रोतबारे केही नबुझेको भन्दै पत्रकार र पत्रकारिताबारे बुझेको थोरै व्यक्तिहरुका कारण नै जापानमा नेपाली पत्रकारिता जिवित र चलिरहेको बताउनुभयो ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले जापानमा क्रियाशिल सबै पत्रकारहरुलाई तथ्यगत विषय, सत्य समाचार तथा नेपालीहरुको हितमा कलम चलाउन आग्रह गर्दै सदैव महासंघको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ जापान शाखाका सहसचिब कुमार मोक्तानले संचालन गरेको सो कार्यक्रम सदस्य शान्त पहरीले उपस्थित सबैलाई मन्तब्यद्वारा स्वागत गरेका थिए ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago