टोकियोमा पत्रकारहरुबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न,सहकार्यमा सबैको जोड

जापान , विश्वाश आचार्य । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागीता रहेको थियो ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुषण घिमिरे, पत्रकार महासंघ जापान शाखाका सल्लाहकार वेलुकाजी थापा, पवनवर्षा शाह, पार्षद कृष्ण प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकारहरुले जापानमा रहेका नेपालीहरुको मुख्य विषयहरु, पत्रकारिता गर्दाका चुनौती, समाचार श्रोत र तथ्यगत विषयहरुका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रमुख अतिथि भुषण घिमिरेले समाचार लेख्दा पत्रकार भएर लेख्ने तथा पाठक भएर पढ्ने र सम्पादक भएर पुर्नलेखन गर्ने हो भने समाचारमा भएका धेरै त्रुटि आफैं समाधान हुनेमा जोड़ दिनुभयो ।

महासंघका सल्लाहकार बेलुकाजी थापाले जापानमा रहेका नेपालीहरुका समस्या र चासोका विषयसँगै नेपालमा रहेका नेपालीहरुलाई जापानबारे सूचना र जानकारी दिएर जापानमा रहेका पत्रकारहरुले सुचना केन्द्रको रुपमा काम गर्न सक्ने धारणा राख्नुभयो ।

यसैगरि पार्षद कृष्णप्रसाद भण्डारीले पत्रकारहरुले समाचार लेख्नकै लागि डराउनुपर्ने अवस्था नरहेको भन्दै जापानजस्तो देशमा रहेर तथ्यगत विषय प्रस्तुतीमा कलम 

चलाउन आग्रह गर्नुभयो । पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा सल्लाहकार पवनबर्षा शाहले जापानमा रहेको केही अग्रज व्यक्तिहरुनै समाचारको विषय, तथ्य र श्रोतबारे केही नबुझेको भन्दै पत्रकार र पत्रकारिताबारे बुझेको थोरै व्यक्तिहरुका कारण नै जापानमा नेपाली पत्रकारिता जिवित र चलिरहेको बताउनुभयो ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले जापानमा क्रियाशिल सबै पत्रकारहरुलाई तथ्यगत विषय, सत्य समाचार तथा नेपालीहरुको हितमा कलम चलाउन आग्रह गर्दै सदैव महासंघको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ जापान शाखाका सहसचिब कुमार मोक्तानले संचालन गरेको सो कार्यक्रम सदस्य शान्त पहरीले उपस्थित सबैलाई मन्तब्यद्वारा स्वागत गरेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago