सामाजिक सञ्जालको लत मादक पदार्थ भंन्दा पनि खतरा ।

सामाजिक सञ्जालको लत मादक पदार्थ भंन्दानि खतरा भन्दा पनि खतरनाक हुन्छ ।सामाजिक सञ्जालले  मानिसको रातको निन्द्रा हराउँछ र उनीहरु रातदिन त्यसैमा भुलेर बस्छन् ।सामाजिक सञ्जालमा धेरैबेर झुण्डिने मानिसहरुमा सामाजिक सञ्जालमा आफ्नो साथीभाइले घुमफिर गरेको, पार्टी गरेको र महंगा कपडा, गरगहना लगाएका तस्वीरहरु देख्दा व्यक्तिगत जीवनबाट असन्तुष्टि पैदा हुन थाल्छ ।

बेलायती लेखिका क्याथरिन आर्मेरोडले यसैलाई मध्यनजर गर्दै हालै लेखेको आफ्नो पुस्तक ‘हृवाइ सोसल मिडिया इज रुनिङ योर लाईफ’मा सामाजिक सञ्जालको लतबाट छुटकारा पाउने उपाय सुझाएकी छिन् ।किनकी च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ न त अरु काममा मन लाग्छ ।

कल्पनामा नजिउनुहोस् यथार्थ लाई सम्हालनु होस 

प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउने हरेक मानिसको फरक फरक तरिका हुन्छ । सामाजिक सञ्जालमा प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउने तारिका          सत्य नहुँन सक्छ  । तेसैले  तपाईं कल्पनामा बगेर अरुको जीवनमा वा फिल्ममा जस्तै आफ्नो जीवनमा पनि होस् भन्ने चाहनुहुन्छ भने यसले फाइदा गर्दैन ।

यसैले फेसबुक वा हृवाट्सएपका साथीले च्याटमा आफ्नो पार्टनरले महंगा उपहार वा सरप्राइज डिनर डेट दिएको कुरा गरे पनि तपाईंले आफ्नो पार्टनर सँग पनि यस्तो आशा नगर्नुहोस् ।

अरू संगको तुलनाबाट बच्नुहोस्

फेसबुकको दुनियाँमा चलिरहेका हलचल र भाइरल भएका कुराहरुलाई आफ्नो भावनामा कहिल्यै पनि हावी हुन नदिनुहोस् । त्यस्तै सामाजिक सञ्जालमा अरुको खुसी पनि तुलना नगर्नुहोस् ।अरु संगको तुलना गर्दा दुःखी हुन सकिंन्छ । समय बित्दै जाँदा आफ्नो आत्मिय मानिसहरुसँगै घुमफिर गर्ने र आफ्नो उनीहरुसँग खुसीयाली मनाउने मौका सबैको जीवनमा आउँछ भन्ने कुरा कहिल्यै नभुल्नुहोस् ।

बहसको डरले पछाडी नहट्नु

सामाजिक सञ्जालको लतले आजभोलि आँखामा आँखा जुधाएर मनदेखि नै कुराकानी हुँदैन । च्याटिङमा कहिलेकाँही मानिसहरु पोस्टलाई लाइक गरेर वा त्यसमा राम्रो कमेन्ट दिएर त्यस भावनाको दर्शाउँछन् ।वास्तविक जीवनमा भेट्दा र कुराकानीको सिलसिला अगाडि बढ्दै जाँदा मतभेद हुने सम्भावना रहन्छ । कैयौं मानिसहरु त बहसको डरले नै धेरै कुराकानी गर्नबाट हिच्किचाउँछन् जुन गलत हो ।

‘फोन फ्रि ‘ जोन निर्धारित गर्नुहोस्

सामाजिक सञ्जालको लतले आजभोलि मानिस सधै मोवाइल र ईटरनेटमा बेस्थ रहनछन । तर बेडरुम र लिभिङ रुमको  कामको  व्यस्तताबाट बाहिर निस्केर परिवारको साथमा खुसीयालीपूर्ण पल बिताउने मौका दिन्छ भने यो समयको सदुपयोग गर्नु पर्दछ । यसैले क्याथरिनिले  यो समयलाई फोन फ्रि जोन बनाउने सल्लाह दिन्छिन् ।

डाइनिङ रुममा पनि फोनको प्रयोगबाट बच्नुपर्ने उनको सुझाव छ ताकी परिवारको साथमा खाना खाँदै रमाइलो पलको भरपुर फाइदा उठाउन सकियोस् ।उनका अनुसार फोनको प्रयोग गर्ने समय पनि निर्धारित गर्नुपर्छ । दिनको दुई घन्टा पार्टनर र बच्चाको साथमा बिताउनुपर्छ ।

परिवार लाई समय दिन, अफलाइन साथमा जोड दिनुहोस्

प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउन क्याथरिनका अनुसार सम्बन्ध खुसीको चाबी हो । तर, आफ्नासँगको सम्बन्ध अनलाईन दुनियाँ सम्म सिमित हुन हुँदैन । समय समयमा भेट्ने र फोनमा कुरा गर्नाले सम्बन्ध मजबुत बनाउँछ ।

फेसबुक, हृवाट्सएपमा भएका साथीहरुसँग भेटको लागि समय निकाल्नुहोस् । हप्ता, दुई हप्तामा फोनमा कुरा गर्ने नियम बनाउनुहोस् । यदि साथीले तपाइर्ंको कोसिसमा साथ दिएनन् भने उनीहरुसँग दुरी बढाउनुमै फाइदा छ ।

 

 

Comments
Sanjay poudyal

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago