भैरहवा क्षेत्र पुनः एक पत्रिकाको शुभारम्भ

नारायणप्रसाद कोइराला, भैरहवा, फाल्गुन २० । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवाबाट जनपरिवर्तन नामक राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रदेश नं. ५ का भौतिक योजना तथा विकाश मन्त्रि माननिय बैजनाथ चौधरीले एक कार्यक्रमका विच विमोचन गरेका छन् । निर्माण व्यवासायि संघको सभाहलमा प्रकाशक÷प्रधान सम्पादक रामेश्वर भट्टको अध्यक्षता, प्रदेश ५ का माननिय भौतिक योजना तथा विकाश मन्त्रि बैजनाथ चौधरीको प्रमुख आतिथ्यता, प्रदेश ५ का सांसद माननिय संन्तोष पाण्डेको विशिष्ट आथित्यतामा गरिएको सभामा विभिन्न क्षेत्रका संघसंस्था एवम् सामाजिक व्यतित्वहरुको सहभागिता रहेको थियो । 

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले आजको परिवेशमा पत्रिका प्रकाशन गर्नु ठूला चुनौति रहेको कुरा बताएका छन् । दैनिक पत्रिकाहरु त जसो तसो सञ्चालन गर्न सके पनि साप्ताहिक पत्रिका सञ्चालनमा विज्ञापनको अभाव हुनु, सरकारी विज्ञापन र सुचनाहरु पनि दैनिक पत्रिकालाई प्रदान गरिने हुँदा यस्तो चुनौतिको समयमा पनि सत्य तथ्य र निश्पक्षरुपमा समाचार संप्रेशषण गर्ने उदेश्यले शुरुगरिएको पत्रिकाको लागि शुभकामना समेत व्यक्त गरे । 

रुपन्देही जिल्ला सुगम मानिय पनि यसको दक्षिणी भेग वा मर्चवारक्षेत्र पछाडि परेको छ सो क्षेत्रलाई समेत समेटेर त्यसक्षेत्रको जनताको समेत मनमा बस्न सक्ने खालको सफलता प्राप्त गरोस् चौधरीले भने । सोहि अवसरमा बोल्दै प्रदेश सांसद सन्तोष पाण्डेले पत्रिकाको सफलताको कामना गर्दै प्रदेश पाँचको नाम लुम्बिनि र राजधानी रुपन्देही नै हुनु पर्ने तर्क प्रस्तुत गरेका थिए । 

पत्रकारहरुले निर्वाचनको समयमा आफुले बोलेको भन्दा पनि बढि कुरा बढाई चढाई सम्पादन गर्ने गरेको मा अब जति बोले त्यतिमात्र कुरा उल्लेख गर्न सुझाव समेत दिएका छन् । पुर्व सांसद विनोद उपाध्यायले हामी जनक्रान्तीबाट प्राप्त उपलब्धीहरुलाई संचारको माध्यमबाट जोगाउनु पर्ने बताएका थिए । त्यस्तै नागरीक समाज रुपन्देहीका सह सचिव बाबुलाल यादवले जिल्लालाई पुर्ण खुला दिशा मुक्त भए पनि प्रयाप्त शौचालयको व्यवस्था नहुँदा व्यवहारीक रुपमा सो कार्यान्वयन हुन नसकेकोले त्यस तर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । 

गौतमबुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थल, बुटवल भैरहवा सडक त्यस्तै भैरहवा लुम्बिनि तौलिहवा सडक र विशेष आर्थिक क्षेत्रलाई समयमा सम्पन गरी त्यसको व्यवस्थापन गर्न पर्ने अन्य विभिन्न वक्ताहरुले बताएका छन् । कार्यक्रममा कार्यकारी सम्पादक दीपक गलामीको स्वागत मन्तब्य र लजिना पाण्डेको सञ्चालनमा भएको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago